MENU

समाज

ujyaalo forign call inside

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

श्याम बिसी/उज्यालो ।

मुगु, फाल्गुन ७ – राराको सुन्दरताले नलोभ्याउने कोही छैन । रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि मुगुको चंखेली हिमालको टुप्पो महत्वपूर्ण छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमाल देख्न सकिन्छ । मुगुको चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र हैन नेपालकै दुईवटा ठूला धार्मिक धाममा पर्ने मुगुको छायाँनाथ धामसहित सैपाल हिमाल र काञ्जिरोवा हिमालको अवलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्ति कत्ति । सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिडिँयो भने चंखेली हिमालको फेदमा पुगिन्छ, फेदबाट हुम्ला र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । त्यहाँ लेकाली शैलीमा बनेका दुईवटा होटल छन्, एक रात त्यो फेदमा बास बसेपछि बिहान चंखेली हिमालको यात्रा सुरु हुन्छ । चंखेली हिमाल समुन्द्री सतहबाट झण्डैै ४ हजार २ सय मिटरको उचाईमा छ । चंखेली हिमालको झण्डै आधा भाग हिँडुञ्जेल धेरै फाँटको माथि पुगेको अनुभव हुन्छ । मनोरम दृश्य अवलोकन गर्न पाइने यो हिमालको सबैभन्दा माथी पुगेपछि रारा ताल, पवित्र धार्मिक स्थल छायाँनाथ, सैपाल हिमाल, काञ्जिरोवा हिमाल आखाँकै अगाडि देख्न पाइन्छ । यस्तै मुगु सदरमुकाम गमगढी, मुगुको रारा विमानस्थल, मुगुको सोरु भेगका झण्डै १० वटा बस्ती तथा खत्याड भेग माथिका लेकसहित हिमाली टाकुरासँगै करान र गम भेगमा पर्ने विभिन्न लेकहरुसहित रोवा गाविसको माथिका विभिन्न हिमाली चुचुराहरु पनि अवलोकन गर्न सकिन्छ । चंखेली हिमाल चढ्न धेरै हिँउ परेको बाहेक अन्य समयमा खासै समस्या हुँदैन् । तर प्रचार प्रसार तथा प्रवद्र्धन हुन नसकेका कारण पर्दामा आउने गरि सदरमुकाम गमगढीबाट फोटो खिच्न शिवाय अरु काम हुन सकेको छैन । 

पदयात्राका लागि पहल होसः स्थानीय बासिन्दा 

चंखेली हिमाल मुगुको रुगा गाविस वडा नम्बर ६, ७ र ८ मा पर्दछ । त्यस क्षेत्रका बासिन्दाले गोरेटो बाटो निर्माण गरी पदयात्रा सञ्चालनका लागि पहल गर्नु पर्नेमा जोड दिएका छन् । हिमालको प्रचारप्रसार तथा यसको व्यवस्थापनमा ध्यान दिए मुगुको रारा ताल आउने आन्तरिक पर्यटक चंखेलीमा आकर्षित हुने निश्चित छ । 

 

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

रारा जाँदा भुल्नै नहुने चंखेली हिमाल !

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया