MENU

यो पनि समाचार

Ncell Axiata
sagun

कोमल ओलीले गीत गाउँदा श्रीमतीसँग छमछमी नाचे कमल थापा (भिडियोसहित)

काठमाडौं, फागुन ८ – राप्रपा अध्यक्ष कमल थापा पार्टी महाधिवेशनको बन्दसत्रमा श्रीमतीसँग छमछमी नाच्नुभएको छ । 

पार्टी सदस्य समेत रहेकी कोमल ओलीले ‘मान्छे सानी सानी, खोज्दै आयो जवानी, दुर्गा भवानी...’ बोलको गीत गाउँदा थापा श्रीमती प्रलितासँग नाच्नुभएको हो । बन्दसत्र हलमा पार्टी अध्यक्ष थापा नाच्दा कार्यकर्ताले उत्साहित हुँदै ताली बजाएका थिए । 

कोमल ओलीले गीत गाउँदा अध्यक्ष थापाले नाच्नैपर्छ भनेर नेता कार्यकर्ताले आग्रह गरेपछि थापा कम्मर मर्काउन बाध्य हुनुभएको हो ।

थापा जोडीले माथि स्टेजमा कम्मर मर्काउँदा हलमा रहेका नेता कार्यकर्ता पनि छमछमी नाचे । बन्दसत्रमा भएको नाचगानको भिडियो राप्रपाका कार्यकर्ताले युट्युबमै राखेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मालिकको परेवा बचाउन बाँदरले दियो ज्यान

    मंसिर ८ – कलकत्तामा एउटा बाँदरबारे समाचार सार्वजनिक भएको छ जसले बाँदरप्रतिको तपाईँको दृष्टिकोण बदल्न सक्छ । कलकत्ताका एउटा बाँदर आफ्नो मालिकको लागि चोरहरुसँग भिडेको खबर दैनिक जागरणले जनाएको छ

  • भैँसीले २ टाउको र ८ खुट्टा भएको पाडी पायो

    जनकपुरधाम, मंसिर ५ - भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ ।

  • बाँदरले मोटरसाइकलको पेट्रोल चोरेपछि स्थानीय हैरान !

    कात्तिक २६ – भारत हरियाणाको पानीपतका बाँदर भने तिर्खा लाग्दा पानी पिउँदैनन् । स्थानीय समाचार माध्यमहरुले पानीपतमा बाँदरले मोटरसाइकलबाट चोरेर पेट्रोल पिएको जनाएका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया