मनोरञ्जन
एक घण्टामा दुई लाख कमाउँछिन राधिका हमाल
- Sunday, Feb 19, 2017
- 13:25 PM ( 2 years ago )
- Total Views: 1.2 K
काठमाडौं, फागुन ८ – लोक गीतकी रानी हुन् गायिका राधिका हमाल । विशेष गरी स्टेज प्रस्तुति उनको निकै आकर्षक छ । यही कारण महोत्सव र विभिन्न कार्यक्रमहरुमा उनको व्यस्तता एकदमै हुन्छ । महोत्सव हुने मौसममा त उनलाई एक दिन पनि फुर्सद हुँदैन । उनलाई बच्चादेखि बुढासम्मले मन पराउँछन् । माया गर्छन् । कुनै पनि ठाउँमा लोक गायिका बोलाउने कुरा भयो भने सबैभन्दा पहिले उनकै नाम आउँछ । प्रायः स्टेज कार्यक्रमहरुमा दर्शकले उनैलाई हेर्न मन पराउँछन् । स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गायिका राधिकाको आम्दानी पनि राम्रो छ । उनी कहिले काँही त स्टेजमा एक घण्टा प्रस्तुति दिएर दुई तीन लाख रुपैयाँसम्म कमाउँछिन् । यो कमाई सायदै अन्य गायिकाको होला ।
हालै मात्र हामीसँग भएको भेटमा उनले स्टेजमा हिँड्दा आफ्नो विवाह र छोरीको विषयमा भएको एक लफडा सेयर गरेकी छिन् । एक पटक पाल्पाको एक कार्यक्रममा उनी छोरीसँग पुगेकी थिइन् । उनकी छोरी नाच्नमा माहिर छिन् । यो थाहा पाएपछि आयोजकहरुले उनको भन्दा पहिले उनकी छोरीको नृत्य प्रस्तुति राखिदिएछन् । राधिका हमालकी छोरीको नृत्य प्रस्तुति भनेर नाम बोलाउन साथ दर्शकहरुले हल्लीखल्ली मच्चाएछन् । किनकी त्यहाँ उपस्थित आधा दर्शकलाई राधिकाको विवाह भएको थाहा थियो भने आधालाई थाहै थिएन ।
‘म मेरो छोरीलाई सानो साथी भन्छु । मेरो ठूलो साथी भने मेरो श्रीमान् हुनुहुन्छ, कृष्ण पुन । मेरो सानो साथीको लागि दर्शकबिच ठूलै झगडा भयो त्यसबखत । मेरो भन्दा पहिले मेरो सानो साथीलाई प्रस्तोताले स्टेजमा बोलाउनुभयो । त्यसपछि त दर्शकहरुको झगडा सुरु भयो । एक पक्षले राधिकाको विवाह नै भएको छैन भन्ने र अर्को पक्षले विवाह भएको छ, छोरी पनि त्यति ठूली छिन् भन्दै झगडा गर्नुभयो । तर पछि जसो तसो विवाद साम्य भयो । त्यो दिन मेरो विवाह र छोरीको विषयमा ठूलै विवाद परेको थियो’, राधिकाले हामीसँगको कुराकानीमा भनिन् ।
उज्यालो र forseenetwork.com को सहकार्य
सम्बन्धित सामग्रीहरु
-
पान धेरै खाएपछि अस्पताल पुगे कामेश्वर
काठमाडौं, जेठ १७ – जेठ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘अमेरिका ब्याइज’को टिमले प्रचार–प्रसारलाई बनाएको छ ।
-
आफूभन्दा १० वर्ष कान्छा गायकसँग डेटिङमा प्रियंका
जेठ १७ – बलिउडकी ३५ वर्षीय अभिनेत्री प्रियंका चोपडा २५ वर्षका अमेरिकी गायक निक जोनासको प्रेममा रहेको खबर सार्वजनिक भएको छ ।
-
बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
जेठ १६ – फिल्म ‘वीरे दी वेडीङ’ का कारण अहिले अभिनेत्री सोनम कपूर र करीना कपूर खान चर्चामा छन् । फिल्ममा सोनम र करीना निकै बोल्ड अवतारमा देखिएका छन् ।
-
फिल्म बनाउँदै मनोजकी पूर्वपत्नी मीना : लगानी यसरी जुट्यो
काठमाडौं, जेठ १५ – हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् ।
-
महंगा कार चढ्ने नेपाली कलाकार, कसको कारको मूल्य कति ?
काठमाडौं, जेठ १५ – केही वर्ष यता नेपाली सिनेमाको बजार फैलिँदै गएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस