MENU

साहित्य/ कला

Ncell Axiata
sagun

रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

शर्मिला राजोपाध्याय्/उज्यालो ।

काठमाडौं, फागुन ९ – बाराही परिवारका पुरुष सदस्यले अनिर्वाय रुपमा रातो मच्छिन्द्रनाथको रथ बनाउने क्रममा काठको काम गर्दछन् । तर रमेश बाराही त्यसो गर्न सक्ने अवस्थामा हुनुहुन्न ।

शारीरिक रुपमा अशक्त भएका कारण रथ बनाउने काममा उहाँ  संलग्न हुन सक्नु हुन्न । त्यसैले उहाँले रातो मच्छिन्द्रनाथप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नका लागि चित्र कोर्न थाल्नुुभयो । त्यसैकै परिणाम अहिले उहाँको एकल चित्रकला प्रदर्शनी ललितपुृरमा चलिरहेको छ  । 

एकातिर ललितपुरको बेलाछेँ टोलमा रातो मच्छिन्द्रनाथको रथको पाङग्रा बनाउने काम चलिरहेको छ भने अर्कातिर स्वथमा रहेको नेवा आर्ट  ग्यालरीमा बाराही नामक एकल चित्रकला प्रदर्शनी चलिरहेको छ ।

उहाँले १३ महिना लगाएर बनाएका रातो मच्छिन्द्रनाथको रथ निमार्णको समयमा गरिने काठको कामहरुसँग सम्वन्धित चित्रहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी आज सकिँदैछ ।

 

रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

रातो मच्छिन्द्रनाथप्रतिको जिम्मेवारी पूरा गर्न चित्रकला प्रदर्शनी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया