MENU

साहित्य/ कला

​ढाकामा नेपाली कला प्रदर्शनी

काठमाडाै‌ं, फागुन ९ - नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल र बंगलादेशका १९ जना चित्रकारको सहभागिता रहेको कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको थियो । गएको फागुन २ गतेदेखि हिजो आइतबारसम्म नेपाली टोली र बंगलादेशी टोली संयुक्त रुपमा प्रदर्शनी तथा कार्यशालामा सहभागी भएका थिए । ढाका विश्वविद्यालयको चारुकला जेन्यूअल आर्ट ग्यालरीमा नेपाल र ढाकाका चित्रकारको संयुक्त चित्रकला प्रदर्शनी गरिएको थियो । चित्रकला प्रदर्शनीमा नेपालबाट प्रतिनिधित्व गर्ने कलाकारहरुमा किशोर नकर्मी, विपना महर्जन, अजय देशार, प्राज्ञ ज्योतीप्रकाश, शितु मास्के रहेका छन् । 

बंगलादेशी कलाकारहरुमा ताहसिना नाजिन सुचि, उर्मिला सुक्ला, रानिया आलम, अब्दुस सतार तफिक लगायत १४ जना चित्रकार सहभागी भएका थिए । ग्राफिक्स, स्कपचर, ड्रोइङ, प्रिन्ट मेकिङ, ओरिएन्टल जस्ता फाइन आर्टका विज्ञले प्रदर्शनीमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली ढाका टोपी लगाउने कलाकारलाई ढाकामा देख्न पाउँदा तथा कलाको आदानप्रदान गर्न पाउँदा आफूलाई खुशी लागेको कार्यक्रमका संयोजक रासलले बताउनुभयो । चित्रकलामा नेपालीको चाख र क्षमता अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै उहाँले बंगलादेशका चित्रकार नेपाली चित्रकारसँग काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने भन्दै नेपाली टोलीका चित्रकार अजय देशारले अर्को वर्ष बंगलादेशी चित्रकारलाई नेपालमा बोलाएर चित्रकला प्रदर्शनी गराउने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया