MENU

विज्ञान प्रविधि

Ncell Axiata

सञ्चारको युग ! एक मिनेट फोन गर्न डेढ घण्टा हिँड्नु पर्छ

विवश कुलुङ/उज्यालो ।

सोलुखुम्बु, फागुन ९ – देशभर सञ्चार सेवा विस्तार हुँदै गएपनि अझै आफन्तसँग बोल्नका लागि झण्डै डेढ घण्टा हिँड्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेल गाविसको योक्स्खा गाउँका बासिन्दा फोन गर्नकै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।

नेपालमा सञ्चालित कुनैपनि टेलिफोन सेवाको पहुँच योक्स्खा गाउँसम्म नपुग्दा हालसम्म योक्स्खाका बासिन्दाले घरमा बसेर टेलिफोन गर्न पाएका छैनन् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ, ‘हाम्रो गाउँमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाँहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ 

थोरै जनसंख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाँको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका बासिन्दा फोन गर्न डेढ घण्टासम्म हिँड्न बाध्य भएका हुन् । डेढघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ ।

शेर्पा र राई गरि २० घर बसोबास गर्दै आएको योक्स्खा गाउँमा टेलिफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीय बासिन्दा अहिलेसम्म आफन्त तथा साथीभाइसँग घरमा बसेर बोल्न नपाउनु निकै दुभाग्र्य हो । योक्स्खाको समस्या कसैले नसुनेको भन्दै उनीहरुले गुनासो गरेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ, ‘शहर बजारमा त राम्रो फोन टिप्छ, यहाँ त फोन गर्न पनि घण्टौँ हिँड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया