MENU

समाज

Ncell Axiata

भूकम्पपीडित रामप्यारीको प्रश्न, टहराको बास कहिलेसम्म ?

 

काभ्रे, फागुन ११ – महादेवस्थान नगरपालिका-७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमानको मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । 

भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उहाँले अहिलेसम्म घर निर्माण गर्न सक्नुभएको छैन । रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी हुनुहुन्थ्यो । उहाँका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ ।  

‘जेठी छोरी अपाङ्ग भएका कारण घरमै छिन्, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ’ उहाँले पीडा सुनाउनुभयो । भूकम्पपछि उहाँको घर पूर्णरुपमा क्षति भइसकेको छ । सासूले आँखा देख्न नसक्ने भएपछि उहाँ आफैँंले डोहोर्‍याएर भित्रबाहिर गराउँदै आउनुभएको छ । 

‘टहरामा निकै चिसो हुन्छ, रातभर लगलग कामेर बस्छु’ रामप्यारीकी सासूले भन्नुभयो, ‘टहराको बास कहिलेसम्म हो ?’ बुहारीले ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उहाँ बताउनुहुन्छ । ‘सासूकै इच्छा पूरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ’ रामप्यारीले भन्नुभयो । सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उहाँको नयाँ घर निर्माण गर्ने योजना अधुरै रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पहाड उक्लिए टेम्पो, सहज बन्यो यात्रा

    एक वर्ष अघिसम्म जिरिखिम्तीदेखि सदरमुकाम म्याङलुङ्ग आउन ठूला सार्वजनिक यातायात कुर्नुको विकल्प थिएन । चाहेको बेला छोटो दुरीको यात्रा गर्न आफ्नै सवारी साधन हुनुपथ्र्यो कि त पुरै गाडी भाडामा लिनुपथ्र्यो ।

  • दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    पोखरा, भदौ २ – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहीबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।

  • सम्पदा पुनर्निर्माणमा जापानको चासो

    काठमाडौं, भदौ २ – जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ ।

  • मेट्रो, सिआइबी, महाशाखा र परिसरमा सरुवा हुन आइजिपीदेखि मन्त्रीसम्मको सोर्स

    प्रहरी अधिकृत सरुवाका लागि शक्ति केन्द्र धाउन थालेका छन् । चुनौतीपूर्ण र आकर्षक मानिने महानगरीय प्रहरी आयुक्तको कार्यालय मेट्रो, केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा सरुवा हुनका लागि शक्ति केन्द्र धाउनेको लर्को नै लाग्ने गरेको छ ।

  • महोत्तरीका बाढीप्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढे

    महोत्तरी, भदौ १ – महोत्तरीका बाढी प्रभावित क्षेत्रमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बाढी प्रभावित ठाउँमा चलाइएको स्वास्थ्य शिविरमा ज्वरो र झाडापखालाका बिरामी धेरै भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया