MENU

विज्ञान प्रविधि

Ncell Axiata

इन्टरनेट सेवामा प्रतिस्पर्धाले ग्राहकलाई फाइदा, कसको सेवा कतिमा ?

काठमाडौं, फागुन १२ – इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा मोबाइल सेवा प्रदायक कम्पनीहरु लाग्दा ग्राहकले सस्तो दरमा इन्टरनेट सेवा पाइरहेका छन् । नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकका लागि भन्दै विभिन्न समयमा नयाँ नयाँ सुविधासहितको इन्टरनेट सेवा थप्दै गएका छन् ।  

एनसेलले यस्तै प्रतिस्पर्धामा जानका लागि आफ्नो डाटाको शुल्कमा उच्च दरमा कटौती गरेको जनाएको छ । एनसेलले नाईट डाटा प्याक ७ पैसा प्रति एमबीमा दिएको जनाएको छ । एनसेलले हालै फेसबुकको टेक्स्ट भर्सन निःशुल्क गरेर पनि मोवाइल सेवा प्रदायक कम्पनीबिचको प्रतिस्पर्धामा आफू अघि भएको दाबी गरेको छ । 

एकल दरमा जिएसएम डाटा प्रदान गरिरहेको नेपाल टेलिकमले पनि जिएसएममा डाटाका विभिन्न प्याकहरु लिएर आएको छ । ग्राहकलाई मूल्यमा लाभ प्रदान गर्नुका साथै आफ्नो आवश्यकता बमोजिम प्याक छनौट गर्न सक्ने अधिकार प्रदान गरेको छ । टेलिकमले अहिले २० रुपैयाँमा फेसबुक चलाउनका निमित्त १०० एमबि डाटा दिँदै आएको छ ।

यस्तै एनसेलले इन्टरनेट शुल्कलाई ५ वटा मूल्यमा उपलब्ध गराएको छ । जसमा अल टाइम डाटा प्याक, डे डाटा प्याक र नाइट डाटा प्याक छन् । ग्राहकको सुविधालाई ध्यानमा राखेर विभिन्न डाटा प्याक उपलब्ध गराएको एनसेलले जनाएको छ । 

एनसेलले ३० दिनको डाटा प्याक करसहितको ९ देखि २५० रुपैयाँमा, अल टाइम डाटा प्याक ९ रुपैयाँमा २० एमबि, २० रुपैयाँमा ५० एमबि, एकसय रुपैयाँमा ३ सय एमबि, १ सय ५० रुपैयाँमा ५ सय एमबि र २ सय ५० रुपैयाँमा एक हाजर एमबि डेटा उपलब्ध गराएको हो ।  

यस्तै नेपाल टेलिकमको जीएसएम डाटा प्याकमा ८ रुपैयाँमा दुई दिनका लािग १० एमबि डाटा, ३५ रुपैयाँमा १० दिनका लािग ५० एमबि डाटा, १ सय ३० रुपैयाँमा १ महिनाका लािग २ सय एमबि डाटा, ३ सय रुपैयाँमा एक महिनाका लागि ५ सय एमबि डाटा, ५ सय रुपैयाँमा एक महिनाका लागि एक जिबी डाटा उपलब्ध गराउँदै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया