MENU

विज्ञान प्रविधि

Ncell Axiata

टेलिकमको नयाँ अफर, ७५ रुपैयाँमा सय एमबि डाटा, यस्तो छ अरु सुविधा

काठमाडौं, फागुन १२ – इन्टरनेट सेवामा ग्राहक तान्ने प्रतिस्पर्धामा नेपाल टेलिकमले शिवरात्रीका अवसरमा समेत नयाँ अफर सार्वजनिक गरेको छ । 

सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीतिअनुसार भन्दै नेपाल टेलिकमले शिवरात्रीको अवसरमा अफर ल्याएको हो । अफर अन्तर्गत डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा एक सय एमबि डाटा र बोनसको रुपमा एक सय एमबि युट्युब डाटा प्याक रहेको टेलिकमले जनाएको छ । डाटा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

यस्तै १ सय ५० रुपैयाँमा २ सय एमबि डाटा र बोनसको रुपमा २ सय एमबि नै युट्युब डाटा प्याक जुन ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ । 

यस्तै फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनको लागि एक सय एमबि डाटा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । 

यस्तो छ सेवा लिने तरिका

एक सय एमबिको लागि अंग्रेजी अक्षरको ठूलो यू र १०० (U100)  लेखेर साथै दुई सय एमबिका लागि अंग्रेजी अक्षरको ठूलो यू र २०० (U200)  लेखि १४१५ मा एसएमएस पठाउन सकिनेछ । फेसबुक प्याकेजका लागि अंग्रजी अक्षरमा फेसबुक (Facebook)  लेखेर १४१५ मा एसएमएस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया