MENU

विज्ञान प्रविधि

Ncell Axiata

शिवरात्रिमा टेलिकमको अफर

काठमाडौं, फागुन १३ – नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डाटा खरिद गरी त्यही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

त्यस्तै १ सय ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । रासस
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया