MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

हाम्रो पात्रो अब आइप्याड, एप्पल वाचमा पनि उपलब्ध

काठमाडौं, फागुन १३ – हाम्रो पात्रो एप्लिकेशन अब आइप्याड, एप्पल वाचमा  पनि उपलब्ध हुने भएको छ । हाम्रो पात्रोले एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेशनको रुपमा हाम्रो पात्रो सार्वजनिक गरेको हो । एप्पल वाचका प्रयोगकर्ताहरुले त्यसलाई आफ्नो आइफोनमा सिंक गरेर ताजा समाचारका हेडलाइन, रेडियो, तिथि, मितिहरु हेर्न सक्नुहुनेछ । यस बाहेक यस पटकको हाम्रो पात्रोको अपडेटले आइप्याडलाई विशेष प्राथमिकतामा राखेको छ । आइप्याड प्रयोगकर्ताहरूलाई हाम्रो पात्रो प्रयोगको राम्रो अनुभवका लागि एप्लिकेशनको मूल विशेषतासहित ताजा समाचारलाई एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ, जुन डिजाइनवाइज आकर्षक देखिन्छ । 

ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटीसहितका अनलाइन रेडियोहरू लगायत एनड्रोइडमा भएको सुविधाहरूलाई यसले समेटेको छ ।

हाम्रो पात्रोले ल्याएको नयाँ सुविधा बारे विज्ञप्तीमार्फत यसरी जानकारी गराएको छ । हेर्नुस् विज्ञप्ती

प्रेस वक्तव्य

एउटा फरक 'हाम्रो पात्रो' अबiPAD, Apple Watch मा पनि

स्मार्ट पीढि जसले हरेक समय प्रविधिमा भएका नयाँ अपडेटहरूलार्इ विभिन्न प्रविधिका श्रोतहरूमार्फत् प्राप्त गरीरहेका हुन्छन् । निरन्तर केही नयाँ, केही फरक अनुभूति प्रदान गर्न प्रयासमा'हाम्रो पात्रो' को iOS -Version 4.2.14 मार्फत लिइअएको छझन सरल, झन अकर्षकअनि नयाँ विशेषताहरू । यस पटकको यो अपडेटले iPhone का 'हाम्रो पात्रो' प्रयोगकर्ताहरूले फरक अनुभव प्राप्त गर्नेछन् ।

हाम्रो पात्रोका संस्थापक तथा निर्माता शंकर उप्रेति भन्नुहुन्छ, "यो अपडेट मुख्यतः हाम्रा प्रयोगकर्ताहरूलार्इ एप्लिकेशन प्रयोगका क्रममाएउटा फरक अनुभूति दिन सकियोस् भन्ने कुरामा हामी केन्द्रित रह्यौं, जस अनुरूप यसलार्इ हामीले अझैFast, Fluid र आकर्षक डिजाइन दिन सफल भएका छौं । हाम्रा लाखौं आदरणीय प्रयोगकर्ताहरूले प्रत्यक्ष, अप्रत्यक्ष निरन्तर दिनुभएको सुझाव र प्रतिक्रियाहरूका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हो । यसलार्इ Scroll गर्दा 60 Frame/Sec को गतिमा Screen तलमाथि सर्छ,जसलार्इ प्रयोगकर्ताले स्तरीय अनुभव लिनसक्नुहुनेछ ।"


पछिल्लो अपडेटसंगै हाम्रो पात्रोलेApple Watch मा नेपालकै पहिलो एप्लिकेशनको रूपमा 'हाम्रो पात्रो' सार्वजनिक गरेकोछ । यदि तपार्इ Apple Watch को प्रयोगकर्ता हुनुहुन्छ भने त्यसलार्इ आफ्नो iPhone संग Sync गरेर ताजा समाचारका हेडलाइन, रेडियो, तिथि-मितिहरू हेर्न सक्नुहुनेछ ।

यस बाहेक यस पटकको हाम्रो पात्रोकोअपडेटलेiPADलार्इ विशेष प्राथमिकतामा राखेको छ ।iPAD प्रयोगकर्ताहरूलार्इ हाम्रो पात्रो प्रयोगको राम्रो अनुभवकालागि एप्लिकेशनको मूल विशेषता सहित ताजा समाचारलार्इ एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ, जुन डिजाइनवाइज आकर्षक देखिन्छ । ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटि सहितका अनलार्इन रेडियोहरू लगायतAndroid मा भएको ति तमाम सुविधाहरूलार्इ यसले समेटेको छ ।

iPhone मा ताजा समाचार देखाइने तरिका फरक छ, जसमा विभिन्न शिर्षकको समाचार क्रमहरू ठूलो-सानो तस्बिर सहित बेग्ला बेग्लै तरिकाले राखिएको छ । Similar news थप व्यवस्थित पारिएको छ जसलार्इ दायाँ बायाँ सारेर हेर्न मिल्ने व्यवस्था गरेको छ ।

अब Viber ChatBotक्षणभरमैं
सन् 2016 को अन्त्यतिर Viber संग आधिकारीक सहयात्रा थालेको हाम्रो पात्रोलेViber को पब्लिक अकाउण्टको प्रयोग गरी केवल १५-२० मिनेटमा ChatBot बनाउन सकिने CMS(Content Management System) समेत सार्वजनिक गरेको छ। Viber मा जोकोहीले पब्लिक अकाउण्टबनाएर त्यसको एकोहोरो कुराकानीको सुविधालार्इ Interactive बनाउन सकिने, अथवा कुनै ब्राण्ड अथवा उत्पादनका ग्राहकहरू, प्रयोगकर्ताहरू, श्रोता, पाठक, दर्शकहरूसम्म मानवरहित AI (Artificial Inteligence) स्वचालित प्रविधिको प्रयोग गर्न सकिनेछ ।

यसकालागि Viber मा भएको पब्लिक अकाउण्टको Edit Info मा गएर त्यहाँ दिइएको Your App Key लार्इ https://hamrochatbot.appspot.com/admin/#/register यो लिंक खोलेपश्चात् आउने पेजमा Paste गरी आफ्नो आवश्यक्ता अनुसारको ChatBotतयार गर्न सकिने कुरा उप्रेतिले बताउनुभयो ।

Viber मा ChatBotबनाउनेबारे जानकारी यहाँ छः https://support.viber.com/customer/portal/articles/2618216-creating-a-public-account

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया