MENU

साहित्य/ कला

Ncell Axiata
sagun

रुम्जाटार साहित्य सम्मेलन : आख्यान र बाल साहित्यमा प्रगतिवादको बहस

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, फागुन १४ – रुम्जाटारको नाम सुनेर पाइला नटेकेका अधिकांश मेची महाकालीका प्रगतिवादी सर्जक तथा लेखकहरुले दुई दिनसम्म रुम्जाटारेलीहरुसँग मितेरी गाँसे । 

नाम सुनेपनि प्रत्यक्ष पाइला नटेकेका पूर्व पश्चिमका तीन दर्जन बढी साहित्यिक स्रष्टाहरु शुक्रबार र शनिबार रुम्जाटारेली संस्कारमा रमाए । प्रगतिशिल लेखक संघमा आवद्ध श्रष्टा तथा प्राज्ञहरुले निकै उत्साहका साथ दुईदिनसम्म साहित्यिक माहोल तताएपछि ओखलढुंगेलीहरु उत्साहित बनेका छन् । 

नेपाली आख्यानमा प्रगतिवादका विषयमा दुई वटा कार्यपत्रमाथि टिप्पणाी र बहस भयो । कार्यक्रममा ‘नेपाली लघुकथामा समाजवादी यथार्थवाद’ भन्ने विषयको कार्यपत्र साहित्यकार पुष्करराज भट्टले प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि प्रगतिशिल लेखक संघका महासचिव आरएम डंगोलले टिप्पणी गनुभयो । उहाँले आख्यानमा प्रगतिवादका मुख्य सुचकका रुपमा आशावादीता र जीवनबोधी स्वर प्रधान रहेको टिप्पणी गर्नुभयो । 

आख्यानमा समाजवादी यथार्थवाद प्रगतिशील धारका लेखकहरुले मात्रै अघि बढाउँदै आएको बताउनुभयो । त्यसैगरि ‘बाल साहित्यमा प्रगतिशिल चिन्तन’ विषयको कार्यपत्र विजयराज आचार्यले प्रस्तुत गर्नुभयो ।  सो कार्यपत्रको टिप्पणी डा. विन्दु शर्माले गर्नुभयो । उहाँले बाल सहित्यमा पौराणिक कहानी प्रगतिवादी चिन्तनका अभिलक्षण रहेका दावी गर्नुभयो । उहाँले अधिकांश पौराणिक उडन्तेकहानीमा प्रगतिवाद र वर्ग पक्षधरता रहेकाले आख्यानमा पौराणिक कहानी भुल्न नहुने बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको काठमाडौं रुम्जाटार साहित्य यात्रा बृहत साहित्यिक गोष्ठीमा सहभागी हुन सर्जकहरु रुम्जाटार आइपुगेका हुन् । कार्यक्रमका विशिष्ट अतिथिको रुपमा प्रतिष्ठानका साहित्य (गद्य÷आख्यान) विभाग प्रमूख प्राज्ञ मातृका पोख्रेल र साहित्य (बाल साहित्य÷लोकवार्ता) विभाग प्रमूख प्राज्ञ नर्मदेश्वरी सत्याल रहनुभएको थियो । 

कार्यक्रममा विभिन्न विधाका साहित्य वाचन भए । कवि आनन्द श्रेष्ठ, जाजरकोटका कवि पूर्ण समिर महतारा, सुर्खेतका कविद्वय धीरेन थापा अनुपन र हरि महतारा, लगायत एक दर्जन कविहरुले कविता, मुक्तक, गजल जस्ता सिर्जना वाचन गरे । खासगरि आख्यानमा पनि बालसाहित्यलाई केन्द्रित गरि आयोजना गरिएको गोष्ठीमा बाल साहित्यमा प्रगतिवादी धारका विषयमा गरम बहस भयो ।  

प्रलेसको दश बुँदे रुम्जाटार घोषणापत्र 

त्यस्तै रुम्जाटारमै दुईदिन सम्म बसेको प्रगतिशिल लेखक संघको दोश्रो राष्ट्रिय परिषद्को बैठकले दश बुँदे रुम्जाटार घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले शनिबार घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भयो।

संघका अध्यक्ष मातृका पोख्रेलको अध्यक्षता र प्राज्ञ नर्मदेश्वरी सत्यालको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । दश बुँदा मध्ये पहिलो बुँदामा देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पुँजीवादका विरुद्ध प्रलेस प्रतिवद्ध रहेको उल्लेख छ । 

त्यसैगरि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने, समकालीन बुर्जुवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकतावादको नाममा देखिएको अराजकताको विरुद्धमा वकालत गर्ने लगायत उल्लेख छन् । प्रगतिशिल लेखक संघको राष्ट्रिय परिषद् बैठक पहिलो पटक राजधानी बाहिर बसेको संघका अध्यक्ष मातृका पोख्रेलले बताउनुभयो । प्रदेश नं. १ मा पर्ने ओखलढुंगाको रुम्जाटार आफैमा ऐतिहासिक स्थल भएकोले जारी गरिएको १० बुँदे घोषणापत्र नेपाली लेखकहरुको निम्ति महत्वपूर्ण हुने उहाँको भनाई छ । 

यसैबिच प्रगतिशिल लेखक संघको जिल्ला कार्यसमिति समेत शनिबार चयन भएको छ । युवराज दाहालको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो । त्यसमध्ये केही सदस्य मनोनयन गर्न बाँकी रहेको संघले जनाएको छ । संघमा जिल्लाका क्रियाशील लेखक तथा पत्रकार आबद्ध गरिएको छ । 
                    

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया