MENU

साहित्य/ कला

Ncell Axiata
USAID

साहित्यकार झमक घिमिरेले भनिन्– भारतीय हेपाहा प्रवृत्ति र विचारलाई फालिदिएकी हुँ

काठमाडौं, फागुन १६ – आफैलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा साहित्यकार झमक घिमिरेले आयोजकको तर्फबाट गलामा लगाइदिएको माला चुँडाएर फ्याँकेपछि मञ्चमा हंगामा भयो ।

कार्यक्रममा उपस्थित अतिथि कोही मुखामुख गर्न थाले भने कोही गलाका माला चुँडाउँदै फ्याँक्न थाले । भारतबाट आउने फूललाई सँधै ताजा देखाउन फर्मालिन नामको रसायन हाल्ने गरिएको भनिएपछि माला फ्याँक्ने लहर चलेको थियो ।

यसबारेमा साहित्यकार झमक घिमिरेले स्पष्टिकरण दिनुभएको छ । आफ्नो फेसबुक वालमा उहाँले लेख्नुभएको छ ‘झापाको विर्तामोडमा भएको नागरिक अभिनन्दनलाई लिएर विभिन्न सञ्चारका माध्यमहरुले विभिन्न कुरा बाहिर लेखे र ल्याए तर फूललाई दोष छैन मेरो, न फूलका मालालाई न लगाइ दिनेलाई दोष छ ?

दोष छ त भारतीय विषयुक्त माला भित्र्याउनेलाई छ जसले शरीरमा एलर्जी भयो । हो मैले सहन नसकेर माला मञ्चबाटै फालिदिएकी हुँ त्यती मात्र होइन भारतीय हेपाहा प्रवृत्ति र उसको विषयुक्त विचारलाई त्यहीँ मञ्चबाटै फालिदिएकी हुँ । सावधान  भारतीय शासक र प्रशासकहरु जे कुरामा पनि तिम्रो हस्तक्षेप चल्दैन । अब नेपाली अलिकति भएपनि जागिसकेका छन्, ब्युँझिसकेका छन् ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया