MENU

विज्ञान प्रविधि

Ncell Axiata

स्पेसएक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

फागुन १७ – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ ।

सन् २०१८ को अन्त्यमा दुई पर्यटकलाई चन्द्रमाको परिक्रमा गराउने तयारी रहेको स्पेसएक्सका सिइओ एलोन मुस्कले बताउनुभयो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा यो योजना बनाइएको सिइओ मुस्कले बताउनुभयो । दुई पर्यटक अहिलेसम्म भएका भन्दा तीव्र गतिमा स्पेसमा जाने उहाँको भनाई छ । चन्द्रमाको भ्रमणका लागि पैसा दिएका पर्यटकको नाम भने सार्वजनिक गरिएको छैन ।

दुई पर्यटकले एकअर्कालाई चिन्ने तर उनीहरु हलिवुडबाट भने नरहेको मुस्कले बताउनुभयो । यसअघि अमेरिकाले सन् १९७० को दशकको सुरुमा अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाएको थियो । त्यसपछि अमेरिकाले पठाएको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया