MENU

साहित्य/ कला

Ncell Axiata
USAID

सर्वनाममा भोलिदेखि ‘बुख्याचा मन’

काठमाडौं, फागुन १९ – सर्वनाम नाटकघरमा शुक्रबारदेखि नाटक ‘बुख्याचा मन’ मञ्चन हुने भएको छ । नाटक राज शाहले लेखन तथा निर्देशनमा हरेको छ । दुई साथीहरुको मित्रताको कथामा आधारित यो नाटक लेखक शाहले झण्डै दुई वर्षको लामो अन्तरालमा मञ्चमा उतारेका हुन् ।

जिम्दा सपनाबाट आफूले समाजमा व्याप्त रेमिट्यान्स र त्यसबाट पर्ने प्रभावलाई मञ्चमा उतारेको यसपाली नाटक बुख्याचा मनबाट मानवताको उठान गरेको निर्देशक राजले बताए । झन्डै दुई महिनाको कार्यशालापछि शाहले मञ्चमा उतार्न लागेका हुन् ।

नाटकमा आदित्य शर्मा, आरोही शर्मा, शुदर्शन अर्याल, प्रकाश के.सी., शर्मीला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल लौरो, नविन चन्द्र अर्याल, विवेक आर्चाय, सुशील गैह्रे, सगुन तामांग, नितान्त ढकाल, रोशन अर्याल, बिनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय रहेको छ ।  नाटक यही फागुन २० गतेदेखि बिहीबार बाहेक हरेकदिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया