MENU

साहित्य/ कला

एकैदिन साहित्यकार घलेका २२ वटा कृति विमोचित

काठमाडौं, फागुन २० – वरिष्ठ समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति बिहीबार एकैदिन विमोचन गरिएको छ ।

ती विमोचित पुस्तकमा आत्मवृतान्त, निबन्ध, कविता लगायतका छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपालले कृतिको विमोचन गर्दै लेखिकाले आफ्ना जीवनका विभिन्न समयमा भोगेका र देखेका अनुभूतिलाई कृतिमा समावेश गरी परिश्रमबाट समृद्ध समाज निर्माण गर्न सकिने सन्देश फैलाउन खोजेको बताउनुभयो । 

उहाँले अधिकांश कृतिले महिला सशक्तीकरणका लागि प्रेरणा दिएको विचार व्यक्त गर्नुभयो ।

लेखिका घलेले नेपाली समाजलाई सही दिशानिर्देश गर्नसकेमा राजनीतिक स्थिरता कायम भई आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो । रासस 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया