MENU

विज्ञान प्रविधि

Ncell Axiata

नर्कको ढोका वा भविष्यको झ्याल ?

फागुन २१ – साइबेरियाको याना नदी नजिकको जंगलमा बाटागिका क्रेटर नामको खाल्टो छ । झण्डै एक किलोमिटर लम्बाई, ८५ मिटर चौडाई र दुई सय ८२ फिट गहिरो छ । खाल्डो बढिरहेकाले यो आंकडा छिट्टै परिवर्तन हुने अनुमान छ । त्यहाँका स्थानीय बासिन्दा बाटागिका क्रेटर नजिकै जान डराउछन् । किनकी उनीहरुले यसलाई नर्क जाने ढोका ठान्छन् । तर बैज्ञानिकले भने यो खाल्डोलाई अतितमा जाने झ्याल भएको बताएका छन् । यहाँ पृथ्वीको दुई लाख वर्षको विस्तृत इतिहास छ । कुनै विशाल जनावर जस्तो देखिने बाटागिका क्रेटर नाटकिय तरिकाले सार्वजनिक भएको छ । स्थायी रुपमा जमेको बरफ पग्लिएपछि यो खाल्डो देखिन थालेको खबरमा उल्लेख छ ।

जर्मनीको अल्फ्रेन्ड वेन्गनर इन्चिटियूटका फ्रेक गुटर र उहाँका साथीले गरेको अध्ययन अनुसार यो खाल्डोको ढोका हरेक वर्ष औषतमा १० मिटर बढीरहेको छ । तर तापमान बढेको वर्ष यो ३० मिटर सम्म बढ्ने गरेको छ । गुटरले यो खाल्डोको अध्ययन एक दशकदेखि गरिरहेको जनाएका छन् । यो खाल्डोबाट एकैपल्टमा भूत, भविष्य र वर्तमान अवस्थाको बारेमा जानकारी लिन सकिने उनीहरुको भनाई छ । 

उनीहरुले भूगर्भीय जानकारीका अनुसार भविष्यमा यो क्षत्रले ग्लोबल वार्मिमको कुनै रुप लिने अनुमान गरेका छन् । यो खाल्डोमा भैरहेको विकासले स्थायी रुपमा जमेको बरफमा जलवायु परिवर्तनको प्रभाव रहेको संकेत गरेको अनुसन्धानकर्ताले बताएका छन् । 

–एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया