MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

महिला हिंसा किन न्यूनिकरण हुँदैन ?

महेश श्रेष्ठ -

नारी परम्परादेखि नै शोसित हुँदै आएको कुरा साँचो हो । संसारका सबै जसो धार्मिक ग्रन्थका लेखक पुरुष हुन् । अनिती ग्रन्थका व्याख्याता पनि पुरुषै हुन । अनि धर्मका अगुवाहरु पनि पुरुष नै हुँदै आएका छन् । विवाहको कर्म गर्दा कन्यादान गरिने प्रचलन हिन्दु संस्कारमा छ । निर्जिव वस्तुको पो दान दिन सकिन्छ ।

तर हिन्दु धर्मालम्बीले कन्यादान गर्दै आएका छन् । दानमा पाएकै कारण विवाह पश्चात हिन्दु समाजमा श्रीमानलाई श्रीमतीले स्वमी भनेर पुज्दछे र जीवनभर आपूmलाई उसको दासीका रुपमा प्रस्तुत गर्नुमा गर्व गर्दछे । केही दशक अगाडिसम्म सती प्रथाका नाममा महिलालाई जिउँदै जलाउने गरिन्थ्यो । पुरुषले आफ्नो मृत्यु पश्चात पनि आफ्नो श्रीमतीको अरुले भोग गर्लान भन्ने मानोवैज्ञानिक त्रासका कारण सती प्रथाप्रचलनमा ल्याएको थियो ।

मुस्लिम समाजमा त झन् आफ्नो परिवारको महिलाका अन्य पुरुषले अनुहारसम्म हेर्न हुँदैन भन्ने सोचका साथ महिलालाई बुर्काले छोपिदिएका हुन् । उनीहरुले महिलालाई मस्दिज जानमा बन्देज लगाएका छन् । बुद्धले पनि लामो समयसम्म महिलालाई आफ्नो संघमा आउनुमा बन्देज लगाएको थियो । एकसय वर्षभन्दा केही समय अगाडिसम्म चीनमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई कानुनी कारवाहि गरिँदैन थियो । उनीहरुका विचारमा अन्य वस्तु जस्तै श्रीमती श्रीमानका व्यक्तिगत सम्पती थिए । आफ्नो व्यक्तिगत सम्पत्तिलाई जे सुकै गरोस अरुलाई मतलब हुनुहँुदैन भन्ने मान्यता थियो । हामी यस्तो विभेदपूर्ण संस्कारमा लालनपालन भएर आएका हौं, जसका कारण धेरै युद्धहरुमा समूहका समूह महिलाहरुलाई यौन दासी बनाईएका थिए । युद्ध नभएका समान्य समयमा समेत महिलाहरु आफन्त र आफ्नाहरुबाटनै घरघर मै असुरक्षित छन् भन्ने कहाली लाग्दो आंकडाहरु  बारम्बार सार्वजनिक हुने गरेका छन् ।

बारम्बार दोहराउनालेझुट कुरा समेत सत्य प्रतित हुन्छ । लामो सयमदेखि मन्दिरका पूजारीहरुले, चर्चका पादरीहरुले, मस्दिजका मौलानाहरुले धर्म र समाजका कथित ठेकेदारहरुले पुरुषलाई मात्र होइन महिलालाई समेत महिला भन्दा पुरुष श्रेष्ठ मानिस भएको सम्झाउँदै, बुझाउँदै आएका छन् । यो कुराले वषैंसम्म निरन्तरता पाइरह्यो । पाइरहेको छ ।जसका कारण महिला स्वयंले आफूहरुभन्दा पुरुष श्रेष्ठ भएको मान्दै आएका छन् । आधुनिक महिलाहरु समेत आरक्षणको माग गर्दछन् । महिलाहरु स्वएमले लेडिज फस्टको संस्कारलाई प्रशय दिइरहेका छन् । प्रतिस्पर्धा समान मानिसमा हुन्छ तर कमजोरहरुलाई आरक्षण चाहिन्छ । आजका पढेलेखेका महिला समेत आफूभन्दा पुरुष श्रेष्ठ छन् भन्ने मान्यताबाट मुक्त हुन सकेको छैन । 

त्यसैले लैङ्गीकसमानतायुक्त समाज निमार्ण गर्ने हो भने सर्वप्रथम महिलाहरुले उनीहरुमा लादिएको हिनभावलाई त्याग्न जरुरी छ । हरेक महिलाले आफूले कुनै पनि अवस्थामा कमजोर नभएको आत्मविश्वास जगाउनुु जरुरी छ, र त्यो कसैले गरिदिने छैन, महिला आफैले गर्न जरुरी छ । त्यसैले अबबाट धर्मगुरुले, पण्डितले,  मान्दिका पुजारी, चर्चका पादरीले, मस्दिजका मौलानाले भनेको कुरामा शङ्का गर्नुहोस् । नेता, अग्रज, बुवाआमसँग विद्रोह गर्नुहोस । हो केही गल्ती भएका छन् । लैङ्गीय समान समाज निमार्ण गर्न महिला स्वएम जाग्नु जरुरी छ । 

अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भहरुमा केही दशक यता लैङ्गीक समानतायुक्त समाज निमार्णमा पहल नभएका होइनन्, तर निरन्तरको प्रयासका बावजुतहरेक पटक परिणाम केलाउदा हामी जहाँको त्यही छौं । लैङ्गीय समान समाज निमार्ण गर्ने सन्दर्भमा किन त बारम्बारका प्रयासहरु बालुवामा पानी सरह भएका छन्, त्यसको खोजीनिती हुनु जरुरी छ ।

मानव सभ्यतामा गम्भीर गल्ती भएका छन्, जसका कारण महिलाले सधैँ समस्या भोगीरहनु परेको छ । केहिदशक अघिसम्म महिलालाई विश्वविद्यालय, क्याम्पस र विद्यालय प्रवेशमा वञ्चित गरियो । उनीहरुलाई पढ्न दिइएन । त्यो लङ्गीकताका सवालमामानव हतिहासकै सबैभन्दा गम्भीर समस्या थियो । तर आज अर्को गम्भीर त्रृटि गरिएको छ । महिलालाई विश्वविद्यालय, क्याम्पस र विद्यालयमा पुरुषलाई जे अध्ययन गराउँछ जस्तै विषयको अध्ययापन गराएर गम्भीर त्रृटि गरिएको छ ।

वास्तवमा महिला र पुरुष शारीरिक बनावट भन्दा पनि मानसिक रुपमा धेरै भिन्न छन् । पुरुष महत्वकांक्षी हुन्छन् । शक्ति, धन, सम्मान, प्रसिद्धि,पद र प्रतिष्ठाको। महत्वकांक्षाले प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धाले हिंसालाई जन्माउँछ । त्यसैले प्राकृतिक रुपमै पुरुषहरु हिंस्रक छन् । तर महिलाहरु प्राकृतिक रुपमा महत्वकांक्षी हुदैनन् । नौ महिनासम्म बच्चालाई गर्भमा राखेर, जन्म दिएर बडो होशियारीपूर्वक बच्चाहरुलाई हुर्काउनु पर्ने भएको हुदा प्राकृतिक रुपमै महिलाहरु पुरुषको तुलनामा माया ममताले भरिएका कोमल हृदयका हुन्छन् । वास्तबमा महिला र पुरुष मानसिक रुपमा भिन्न मात्र होइन विपिरित छन् । आज यो कुरा विभिन्न वैज्ञानिक परीक्षणहरुले समेत पुष्टि गर्दै आएको छ । महिला र पुरुषको मस्तिष्कका भिन्नताका बारेमा आज अनगिन्ती गहिरा खोज र अध्ययनहरु भइरहेका छन् । 

यसको अर्थ यो होइन कि पुरुष महिलाका तुलनामा श्रेष्ठ छन् । तिनीहरु फरक छन् तर भिन्न भिन्न आयामका समान मानिस हुन । यो संसारलाई पुरुषत्वको जति आवश्यक छ नारित्वको उत्तीक कै आवश्यक्ता छ । उनीहरु समान आदर र अधिकारका भागी छन् । अझ आजको सन्दर्भमा नारित्वको अझै बढी महत्व छ । तर दुर्भाग्यको कुरा नारीका गुणलाई संसारले अपेक्षा गरेको छ । संसारलाई समुन्नत बनाउने सन्दर्भमा महिलाको भूमिकालाई न्युनिकरण गरिएको छ । जसका कारण लैङ्गीक धारणमा महिलामाथि विभेद गरिएको हो । 

महिलाहरुले शैक्षिक संस्थाहरुमा प्रवेस पाउन अगावै लामो समयदेखि पुरुषहरुलाई अध्ययापन गराउने गरेको थियो । त्यस्ता शैक्षिक संस्थाहरुमा अध्ययन गराइने सामग्रीहरु पुरुषको प्रवृद्धिसँग मेल खाने गरि बनाइएको थियो । तर महिला सशक्तिकरणको पक्षमा लगातरको दबाब खप्न नसकेर षडयन्त्र गरियो । लैङ्गीक समानताका नाममा महिलालाई विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन त गर्न दिए । कतिपए सन्दर्भमा महिलालाई शिक्षा अनिवार्य गराईयो । तर दुर्भाग्य पुरुषका मष्तिस्ककोप्रवृद्धि अनुकुल तयार पारिएको पाठ्य समाग्री नै महिलालाई अध्ययापन गराउन थालियो ।समामनताको अर्थ समान आदर र मौका पाउनु पर्ने थियो तर समानतालाई महिला र पुरुष एकै खालका हुन् भन्ने सन्दर्भमा बुझाईयो । महिला र पुरुषलाई एकै प्रकारको शिक्षाद्वारा प्रशिक्षित गरिरहदा लामो समयदेखि महिलालाई दास्रो दर्जाको पुरुषमा रुपान्तरित गरिने कार्य हुँदै आएको छ ।

आज विश्वले वैज्ञानिक, इञ्जिनियर ,गणितज्ञ, राज्ञनीतिज्ञ, सैनिक ,उद्योगी आदिलाई महत्व दिएका छन् । समाजसेवीहरु, नर्तकहरु, संगीतका सर्जकहरु, कलाकारहरु, चित्रकारहरु, ओझेलमा पारिएका छन् । कलाकार, गायक तथा सर्जकहरु जसको केहि चर्चा हुने गरिएका छन् तर तिनीहरुको क्षमता भन्दा बजार मूल्यका आधारमा चर्चा गरिने गरिएको छ । 

आज विश्वले पुरुषका गुणहरुलाई श्रेष्ठतम मान्दछन् । आज मानिसका लागि हृदयभन्दा मष्तिस्क प्रधान भएको छ । भाव भन्दा सूचनाले महत्व राखेको छ । मायाभन्दा महत्वकांक्षाले महत्व राखेको छ । सहकार्यभन्दा प्रतिष्पर्धाले महत्व राखेको छ । सेवा भन्दा हिंसाले महत्व राखेको छ । त्यसैले आज हिमाल चढ्ने महिलाको चर्चा हुन्छ, मार्सल आर्ट्समा दख्खलता राख्ने महिलाका सम्मान हुन्छ । मोटरबाइकको स्टन्ट गर्ने महिला समाचारमा छापिन्छन । तर नारित्वका गुणले भरिएको पुरुषहरुगुमनाम मात्र पारिएका छैनन् तिनीहरु हृयाउ नभएको लोग्ने मान्छे भनेर बद्नामसम्म गरिएका छन् ।  

त्यसले आज महिलाहरु पनि पुरुष जस्तै वैज्ञानिक, इञ्जिनियर ,गणितज्ञ बन्ने प्रतिस्पर्धामा लागेका छन् । राजनीतिमा लागेका छन् । सैनिक सेवामा प्रवेश गरेका छन् । जहाँ शरीरिक शक्तिको अवश्यक्ता पर्दछ । हिंसाको आवश्यक्ता पर्दछ । त्यस्ता क्षेत्रहरुमा समेत महिलालाई सहभागी गरिएको छ । किन त यत्रो लगानी, यत्रो मेहनत र अवसरका बाबजुत पनि महिलाहरु पुरुष समान शक्ति केन्द्रमा पुगेका छैनन् ?

घोडालाई कुदन दिनु पर्छ र गधालाई भारी बोक्न दिनुपर्छ । गधालाई घोडसँग कुद्ने प्रतिष्पर्धामा उतारे वा घोडालाई गधासँग भारी बोक्ने प्रतिस्पर्धा गर्न लगाए, त्यो सरासर अन्याय हो । हो आज पुरुषका प्रवृतिका आधरमा महिला र पुरुषबिच प्रतिषपर्दा गराएको छ । जसमा महिलाले हार्ने निश्चित छ । र, यहि मापदण्डलाई आधार मानेर महिला पुरुषका तुलनामा कमजोर हुन् भन्ने प्रमाणीतगरिदै छन् ।जसका कारण प्राकृतिक रुपमा शान्त र शालिन हुनुपर्ने महिलाहरु ठूलो मानसिक तनावमा छन् ।
आज विश्वका लागि आत्मीय सम्बन्ध भन्दा, लगानीका हिसाब किताबले महत्व राखेको छ ।

हिसाब कितावले पसल चल्छ । जीविका चल्छ । तर जीवन चलाउन सम्बन्धमा प्राण भर्न सक्ने माया ममता चाहिन्छ । आधा विश्वलाई गलत ढङ्गले शिक्षा दिदा प्रतिष्पर्धा बढेको छ । महत्वकङ्क्षा बढेको छ । लालसा बढेको छ । हिंसा बढेको छ । यदि यो संसारमा हिंसा बढ्छ भने महिलाविरुद्धको हिंसाको न्युनिकरण कसरी सम्भव छ ?जबसम्म हिंसाको न्युनिकारण हुदैन तब सम्म महिलाहरु सुरक्षित हुने छैनन् किनकी हिंसा जहिले पनि कमजोरमाथि गरिन्छ। र, आज भइरहेको प्रतिष्पर्धामा पुरुषसँग महिलारुपी दोस्रो दर्जाका पुरुषहरु पराजीत भईरहेका छन् । पराजितहरु नै हिंसाका शिकर हुन्छन् । 

यसको अर्थ महिलालाई शिक्षाबाट वञ्चित गरिनुपर्छ भनेको होइन । यसको अर्थ महिलालाई वैज्ञानिक र इञ्जिनियर बन्नबाट बञ्चित गरिनुपर्छ भनेको होइन । महिलालाई सैनिक सेवामा प्रवेश निषेध गरिनुपर्छ भनेको पनि होइन । राजीतिमा महिलाका सहभागितालाई निरुत्साहित गरिनुपर्छ भनेको पनि होइन । महिलालाई उद्योगधन्दा गर्न दिनुहुदैन भनेको पनि होइन । सर्वप्रथम पुरुषत्वलाई केन्द्रमा राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सोचमा परिवर्तन गरि नारित्वलाई पनि समान महत्व दिनुपर्छ । अझ आजको विश्वमा जहितहि द्वन्द्ध र सङ्र्घस भएको सन्दर्भमा प्रेम, भाईचारा, सेवा जस्ता नारी गुणको अझ बढी महत्व छ । त्यस्तै महिलाहरुलाई उनीहरुकोे प्रवृति अनुरुपको शिक्षा प्रणालीद्वारा प्रशिक्षित गरिनुपर्छ । अनि उनीहरुको पेशा र जिम्मेवारी पनि तत् अनुरुपको हुनुपर्छ ।  

यसको अर्थ यो पनि होइन शिक्षा पुरुषलाई मात्र दिने र हृदयप्रधान शिक्षा महिलालाई मात्र हिने । चुनाव गर्न जो कोही स्वतन्त्र छन् । कोही महिलामा पुरुषका गुण हुन सक्छन् त कोहीपुरुषमा महिलाका गुण हुनुसक्छन् । तर कुरा यति मात्र हो आजको व्यवसायीक शिक्षा प्रणाली सँगसँगै मानवीय गुणहरुलाई विकासित गर्ने शिक्षा प्रणालीको पनि विकास गरिनु पर्छ । हर कोहीमा भएको नारी गुणलाई पनि संस्थागत रुपमै तिर्खाने शिक्षा प्रणालीको विकास गरिनुपर्छ र पेशा र जिम्मेबारी पनि तत् अनुरुप नै दिनुपर्छ । तर प्राथमिक तहसम्म महिलालाई विज्ञान र गणित जस्ता विषय पढाउनु आवश्यक पनि छ अनि हरेक पुरुषहरुलाई पनि केहि मात्रमामानवीय संवेदना तिखार्ने विषयहरुको अध्ययन गराइनु पर्छ । 

यसरी महिलालाई दिनेशिक्षा संस्थागत रुपमै विकसित गर्दै लानुपर्छ । पुरुषलाई दिने शिक्षा साधनको शिक्षा हो । महिलाका शिक्षा साध्यको शिक्षा हुनु जरुरी छ, ताकी उसले पुरुषको अभावलाई परिपूर्ती गर्न सकोस । पुरुषले भवन बनाउँदा,भवनलाई कसले घर बनाउँछ?पुरुषले कमाएर ल्याए पनि परिवार कसले चलाउँछ ?पुरुषले बच्चाको पढाई खर्च हेर्न सक्छ तर उसलाई संस्कार कसले दिन्छ ? पुरुषले बच्चालाई कपडा किनीदिन सक्छ तर कसले लगाई दिन्छ ?

पुरुषले बाटो बनाउँदा त्यसको वरिपरी बगैँचा कसले बनाउछ ? पुरुषले अस्पताल खोल्न सक्छ । उपचार पनि गर्न सक्छ । तर बिरामीको स्याहर सुशार कसले गर्छ ? पुरुषले विद्यालय खोल्न सक्छ तर विद्यालयलाई रमाइलो कसले बनाउछ ? पुरुषले कारखाना खोल्न सक्छ तर कार्मचारीलाई एक सूत्रमा कसले बध्न सक्छ ?

यो संसारमा पुरुषत्व र नारीत्वको सँगसँगै विकास गरिनुपर्छ । महिला र पुरुषले सार्थक रुपमा शिक्षित हुने अवसर पाउनुपर्छ । अनि मात्र पुरुषको अहंकार र हिंसामा अंकुश लाग्छ । आगोको लप्कालाई शान्त पार्न पानी नै चाहिन्छ । पुरुषत्वसँग नारित्वको सम विकासले लैङ्गीक समानतापूर्ण समाज निर्माण गर्न मात्र सहयोग पुराउदैन, समग्र विश्व शान्तिमा पनि अतुलनीय टेवा पुर्‍याउन सक्दछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • सरकारको अपरिपक्व कार्यशैली

    राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया