MENU

विचार/अनुभूति

Ncell Axiata Naya Saptati
USAID

स्ववियु चुनावको आगामी कार्यदिशा

आकाश कार्की, नेपाल ल क्याम्पस

देश यतिबेला स्थानीय तह र प्रादेशिक चुनावको सँघारमा उभिएको छ । संविधान कार्यान्वयनको प्रमुख उपलब्धिका रुपमा यी तहका चुनाव सम्पन्न गर्नमा निर्भर रहने गर्दछ । भुमरीमा फसेको स्व.वि.यु चुनाव उमेर हदबन्दि, निर्वाचन प्रणाली लगाएतको मुद्दामा केन्दि«त भई ने.वि.संघ भित्रका केही असन्तुष्ट पक्षले लगाएको तालाबन्दि खोल्ने निर्णय साथै त्रि.वि. पदाधिकारी र सम्पूर्ण विधार्थी संगठनहरु बिचको बैठक बाट नयाँ कार्यतालिका आए सँगै चुनाव लागि मार्ग प्रशस्त भई उपत्यका सहितका केहि प्रमुख क्याम्पस बाहेक अन्य क्याम्पसमा चुनाव सम्पन्न भएको छ । स्व.वि.यु चुनावको सम्पन्नताले संविधान कार्यान्वयनका उपलब्धिहरुलाई समेत संस्थागत गर्न टेवा पु¥याउनेमा विश्वस्त हुन सकिन्छ । 
२०३६ सालको विद्यार्थी आन्दोलनद्वारा स्थापित गराइएको स्व.वि.युको आफ्नै गर्विलो इतिहास र योगदान रहेको छ । बजारमा एक रुपैँयाको मुल्यवृद्घि हुदाँ होस् या त कुनै शासन सत्ता परिवर्तन गर्न नै किन नहोस् स्ववियुको योगदान नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय रहेको छ । पञ्चायतकालमा राजनीतिक दलका क्रियाकलापहरु प्रतिबन्ध गरिएको समयमा पनि स्ववियु मार्फत आफ्ना राजनीतिक सिद्धान्त एवम् क्रियाकलापहरु अघि बढाई प्रजातन्त्रलाई जीवित राख्न स्ववियुको अग्रणी भूमिका रहेको अवगत नै छ । 

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालयता हुन नसकिरहेको अवस्थामा पुनः विभिन्न बहानामा यस वर्षपनि स्ववियु चुनाव हुन नदिन प्रजातन्त्रको शिशुको रुपमा रहेको स्ववियुको घाँटी निमोठ्ने प्रयास भएता पनि त्रि.वि. पदाधिकारी तथा सम्पूर्ण विधार्थी सगंठनको सहकार्यमा स्ववियु चुनाव सम्पन्नता तर्फ अग्रसर रहेको छ । मिनि पार्लियामेन्टको रुपमा रहेको स्ववियुले राष्ट्रको महत्वपूर्ण र विवादित विषयमा जनताको अभिमत बुझ्नलाई समेत प्रभावकारी भूमिका निर्वाह गर्दछ । राष्ट्रिय राजनीतिलार्ई सही दिशानिर्देश गर्न र सक्षम नेतृत्व उत्पादनका निम्ति स्ववियुलाई मजबुत बनाउनु बाहेकको अर्को विकल्प छैन । 

स्ववियुमा २८ वर्षे उमेर हदबन्दि र मिश्रित निर्वाचन प्रणालीको सुरुवात सँगै यसले समयानुकुल नेतृत्व परिवर्तन र विद्यार्थीहरुको वर्गीय हितलाई संस्थागत गर्न बाटो तय गराएको छ । साथै, एकातर्फ वर्षौ वर्षौ चुनाव लड्न कै निम्ति क्याम्पसको ढोका कुरिरहने परिपाटीको अन्त्य गरेको छ भने अर्कातर्फ अब हुने स्थानिय र प्रादेशिक निवार्चनमा युवापुस्ताले नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्ने छन् ।

परिवर्तित समयमा अबको स्ववियुले विद्यार्थी आन्दोलनलाई सहि मार्ग निर्देश गर्न सक्षम हुन आवश्यक छ । विगतमा, विभिन्न राजनीतिक परिवर्तनका निम्ति स्ववियुको योगदान रहदै आयो भने अब समय सान्दर्भिक शिक्षा नीति, कुशल नेतृत्व, आमविद्यार्थीको वर्गीयहितका निम्ति स्ववियु सक्षम हुन जरुरी छ ।

अन्तमा, विद्यार्थी संगठनहरुमा जुनसुकै पक्षमा सन्तुष्टि वा असन्तुष्टि भएता पनि विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत, परिवर्तनलाई आत्मसात् गर्दै हरहालतमा बाँकी रहेका क्याम्पसमा समेत स्ववियु चुनाव सम्पन्न गर्न जरुरी छ । विद्यार्थी राजनीतिको औचित्य समाप्त भयो भन्नेहरुको लागि जवाफ छ, समयानुकुल र सुदृढ परिवेशमा अब हुँदै छ विद्यार्थी राजनीति ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अहिलेसम्म पाएको मतले राम्रै गरेछु जस्तो लाग्छ

    मेरो नाम शोभा शाक्य हो । मेरो जन्म २०२० सालमा ललितपुरको ओपोबहालमा भएको हो । मेरो कर्मभूमी थैना, लामोगलमा हो । मैले आइएसम्मको पढाई पाटन क्याम्पसबाट पूरा गरेकी हुँ । हामीले त त्यती बेला सरकारी स्कुलबाट नै पढाई पुरा गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया