MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

नेपालीले पत्ता लगाए क्षुद्र ग्रह

फागुन २४ – नेपाली खगोलविद्ले क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता पाएका छन् ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।

१९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

अमेरिकाको हवाईमा भएको पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् ।  

नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन् ।  यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन् ।  

क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ ।  यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताउनुभयो । 

उहाँले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले बताउनुभयो । 

अध्यक्ष भट्टराईले अन्तराष्ट्रि स्तरको खगोलीय अनुसन्धान नेपालमा पहिलोपटक भएकाले नेपालका खगोलीय विद्यार्थीलाई यसले अन्तर्रा्ष्ट्रिय जगत्मा पहुँच र अवसर दिने बताउनुभयो ।  

अभियानका लागि देशभरका जम्मा पाँच टोली छनौट गरिएको थियो । जसमा चार टोली काठमाडौँका र एक टोली पोखराका थिए  । सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • साउदीमा दुई वटा मात्रै सिमकार्ड प्रयोग गर्न पाइने

    काठमाडौं, वैशाख १६– साउदीमा अबदेखि आप्रवासी कामदारले दुई वटा मात्र सिमकार्ड प्रयोग गर्न पाउने भएका छन् । धेरै वटा सिमकार्ड प्रयोग गर्दा आपराधिक क्रियाकलाप बढेको भन्दै नियन्त्रणका लागि साउदी सरकारले नयाँ नियम ल्याएको हो ।

  • स्मार्टफोन मधुमेहको उपचारमा उपयोगी

    वैशाख १६ – स्मार्टफोन मधुमेहको उपचारका लागि प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले जनावरको जीवित कोषका गतिविधि नियन्त्रणका लागि स्मार्टफोनको प्रयोग गरेका छन् ।

  • एनसेलले भन्यो – वितरक सम्झौता खारेज भएको छैन

    काठमाडौं, वैशाख १३ – एनसेलसँग मिलेर काम गरेका केही डिलर तथा वितरक कम्पनीले एनसेलका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको भन्दै एनसेलले त्यसको खण्डन गरेको छ ।

  • पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

    तेह्रथुम, वैशाख १३ – बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका हुन् ।

  • टेलिकममा फेसबुक रोक

    काठमाडौं, वैशाख १२ – नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया