MENU

विचार/अनुभूति

Ncell Axiata

स्वतन्त्र नारी : बोक्सीको आरोप ! सुखभोगको साधन !

- योगेश ढकाल 

अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर पनि शुक्र र शोणितको मिलनले बनेको हुन्छ । वैज्ञानिक पनि यही भन्दछन् । 

हाम्रो संस्कारमा पनि अदियोगी शिवलाई अर्धनारी को संज्ञा दिइएको छ । भनिन्छ, पुरुष उर्जा पुरुषार्थको प्रतिक हो, बल, पराक्रम, आक्रोश र विध्वंसको प्रतिक हो, र महिला उर्जा सृस्टि, रचना, धैर्य र प्रेमको । 

पितृसत्ताको तीन हजार वर्षको इतिहासमा पाँच हजार वटा युद्ध भए । हाम्रो इतिहासका सबै पाना हत्यारा र शोषकका चित्रले भरिएका छन् । जसलाई हामी भगवान मान्दछौं । अनौठो छ, यदि बल र पुरुषार्थलाई मात्रै जीवन चलाउने माध्यम मान्ने हो भने पक्कै पुरुषको सत्ता चल्ने छ । लाखौं वर्षदेखि जस्तै महिलाको दमन हुनेछ । हाम्रो समाजको अहमको मुढताले गर्दा कति महिला बुद्ध र आइन्स्टाइन दबिए होलान् वा अझ कति शीर्ष व्यक्तिले फूल्ने मौका पाएनन् होला । 

हजारौं वर्षको निन्दा छ । न महिलालाई बोक्सीको आरोपमा  जलाउने कसुर बाँकी छोडियो, न मायाको खेल भनेर सुखभोगको  साधन बनाउन थाँती राखियो ।

निकै दुर्भाग्यको कुरा हो कि हामी सुन्दर भिन्नतालाई मतभेदको आधार बनाउछौँ । सामान्य फरकलाई सत्ता र दमनको खेल बनाइदिन्छौँ । यो प्रसंगमा चाँहि डार्विनको सिदान्त बडो घातक ठहरिन्छ, साचैंनै हामी बाँदरकै सन्तान हौँ तर अब प्रश्न सत्ता र दमनको खेलको होइन । प्रश्न सन्तुलित जीवनको हो, प्रश्न सुन्दर संसारको हो । 

महिला हिंसा रोकियो । पक्कै रोकियो । तर कानुनमा मात्रै, पानामा मात्रै । सामाजिक यथार्थ अलि तितो छ । महिला हिंसा विरुद्ध आवाज उठाउनेहरुको पनि आखाँमै देखिन्छ, त्यो मनोवैज्ञानिक तस्करी प्रस्टै देखिन्छ । आफूलाई एक्काइसौं सताब्दीका सर्वश्रेस्ठ प्राणी भन्दै आफ्नै गुणगान गाउने हामीबिच अझैपनि लैंगिक असमानता र नारी हिंसा हुनु निकै लज्जास्पद कुरा हो ।

शिव र शक्ति, यिंग र यांग - दुई ध्रुवको सन्तुलन नमिलेसम्म द्वन्द्व सधैँ चलिरहन्छ । त्यसैले पहिला आफूभित्रको स्त्री उर्जा प्रति सम्मान भाव नजागेसम्म नारी एकता र लैंगिक समानताक बारेमा गरिने भाषण सायदै व्यवहारिक होलान् । नारी दमनको यो सुक्ष्म खेललाई समूल निर्मुल गर्ने जिम्मेवारी हरेकलाई गम्भीरतापूर्वक महसुस हुन जरुरी छ । जसको लागि पहिला आफैलाई बनाउन जरुरी छ । र हरेक सचेत वर्गले आफूभित्रको चेतनालाई रचनात्मक ढंगले आवाज बनाउन जरुरी देखिन्छ । ताकी कुनै नारीले आफ्नो स्वतन्त्रताको लागि लड्न नपरोस् । नारीलाई लड्न सिकाउन भन्दा केही अबुझलाई फूल्न सिकाउँदा ठिक होला । र महिलालाई किनबेच गर्न मिल्ने बजारको समानको नजरले हेर्नेलाई अगाडिको पांग्रा निकालेर एउटा साइकल दौडमा भिडाईदिनपर्छ । उठाउन् चाहेजस्तै एकपांग्रे दौडको मजा ।

यहाँ नारीजातिले यो सुक्ष्म खेलबाट स्वतन्त्रता पाएको दिन सायद पूरै जगतले नै स्वतन्त्रता पाउने छ र आजको दिन त्यसको प्रतीक हुन सक्छ । 

(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पसका विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​ बाढी प्रभावित क्षेत्रमा रोगको महामारी देखिँदैछ, यसरी सजगता अपनाऔं

    विश्वमा प्राकृतिक प्रकोप पछि सधै स्वास्थ महामारी हुने गरेको देखिन्छ । र त्यसको सम्भावना उच्च हुने गर्छ । अहिले दैनिक जसो बाढी पहिरो गएका ठाउँबाट झाडापखाला, श्वासप्रश्वास र ज्वरोका बिरामी बढिरहेको भन्ने समाचार आइरहेका छन् ।

  • जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन

    गर्मी याममा शरीरमा पसिना आउनु नराम्रो कुरा होइन । यसले शरीरलाई शान्त राख्न तथा शरीरको तापक्रम घटाउन मद्दत गर्छ । एक हिसाबले शरीर संरक्षणको लागि सुरक्षात्मक संयन्त्र पनि हो । पसिना आयो भने शरीरलाई शितल हुन्छ, तर धेरै पसिना आयो भने रोग लाग्छ ।

  • बाढी पहिरोबाट कसरी बच्ने ?

    बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् ।

  • ​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

    साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया लगायत जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

  • गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा !

    नामै पशुपति । पशुपतिलाई मन पर्ने आफ्नै साँढे । साँढेलाई सुहाउने हलो । पशुपतिको भलो गर्ने पनि त्यही हलो । हलो मात्रै रोजेर हेलो हेलो भन्दै अघि लाग्नुपर्छ भनेर बेलैमा थाहा पाएको भए नामै कमल भएका मान्छेसित पशुपति यति बिघ्न कठोर किन हुनुपर्थ्यो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया