MENU

विज्ञान प्रविधि

USAID

टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा

काठमाडौं, फागुन २७ – नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो । 

अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र १ हजार रुपैयाँको रिचार्ज कार्डमा १ हजार एमबी डेटा उपभोग गर्न पाइनेछ । 

त्यस्तै एसएमएस प्याक अन्तर्गत एक सय वटा एसएमएस १० रुपैयाँमा ३ दिनसम्म उपभोग गर्न पाइने छ । डेटा बोनस र युट्युब डेटा प्याकको अवधि फागुन २९ गतेदेखि चैत ३ गतेसम्म रहने र एसएमएस प्याकको अवधि फागुन २९ गतेदेखि चैत एक गतेसम्म रहने टेलिकमले जनाएको छ । अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात स्वतः प्राप्त हुनेछ ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत एक जिबी यूट्युब् डेटा प्याक एक सय रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यस्तै एसएमएस सेवा लिनका लागि SMS100 टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

    काठमाडौं, चैत १५ – नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।

  • राति दिसा पिसाब लागेर हैरान हुनुहुन्छ ? नुन कम खानुस्

    चैत १४ – रातिको समयमा दिसा पिसाब बढी लाग्ने बानी भएका मानिसले त्यसबाट मुक्ति पाउनका लागि नुनको मात्र कम गर्नु पर्ने बताएका छन् ।

  • रातो आइफोन, मूल्य कति ?

    चैत ११ – एप्पलको आइफोन सेभेन र सेभेन प्लसको विशेष संस्करण रेड बजारमा आएको छ । एचआइभी एड्स विरुद्ध सहयोग गर्दै आएको एप्पलले कोष जुटाउनका लागि आइफोन सेभेन र सेभेन प्लसको रातो रंगको विशेष संस्करण ल्याएको हो ।

  • माछाको तेलले शिशुको मस्तिष्क थप तीक्ष्ण बनाउँदैन–अनुसन्धान

    चैत १० – माछाको तेलले शिशुको मस्तिष्कको विकासमा थप सहयोग नगर्ने अनुसन्धानले देखाएको छ । गर्भवती भएका बेला माछाको तेल प्रयोग गरेमा शिशुको मस्तिष्क थप तीक्ष्ण हुने विश्वास रहँदै आएको छ ।

  • सगुनको मिनी आइपिओ के हो ?

    काठमाडौं, चैत ७ – सामाजिक सञ्जाल सगुन डटकमको मिनी आइपिओ खुल्ला भएको झण्डै डेढ महिना भएको छ । सगुन डटकमले गएको माघ २७ गते मिनी आइपिओ खुल्ला गरेको थियो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया