MENU

विचार/अनुभूति

Ncell Axiata

होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

डाक्टर शम्भु दत्त जोशी –

होलीमा अनुहारभरी धेरैथरीका रंग पोतेर हिँड्न, एक आपसमा रंग लगाउन, पानीमा भिजेर रमाइलो गर्न कसलाई मन नपर्ला र ? तर मनोरञ्जनका लागि मनाइने यो पर्व मनाउन जानेन भने खुुशी भन्दा दुःख धेरै झेल्नु पर्छ । भनाई नै छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेश । त्यसैले होली खेल्ने तयारी गरिरहँदा सुरक्षाका उपायहरुको पनि पूर्व तयारी गर्न उत्तिकै जरुरी छ । 

पूर्व तयारी

होलीमा खेलिने रंगले शरीरको सबै भागमा भन्दा बढी असर गर्ने ठाउँ भनेको छाला हो । सँगै नङ र कपालमा पनि यसले असर गर्छ । अझ रंग लगाउँदा आँखामा पर्ने सम्भावना पनि रहन्छ । त्यसैले होली खेल्नलाई पानी, रंग र खानेकुराको व्यवस्था सँगैै शरीर ढाक्ने पूरा कपडा, आँखामा कालो चस्मा, टाउकोमा टोपी, छालाको लागि मोइस्चराइजिङ क्रिम र सनब्लक एसपीएफ ३० भन्दा माथिको क्रिम, कपालको लागि तोरी, नरिवल तथा जैतुनको तेलको व्यवस्था गर्नुपर्छ । 

रंगमा सिसा मिसिएको हुन सक्छ 

पहिले पहिले भन्दा अहिलेका रंगमा गुणस्तरको प्र्रश्न राख्नुपर्ने अवस्था छ । कुनै कुनै रंगमा सिसा मिसिएको हुनसक्छ, जो बालबालिकाको छालाको लागि एकदमै हानिकारक हुन्छ । सँगै रसायन मिसिएको स्प्रे रंगहरु हुन्छन् । यस्ता रंग छालामा पर्दा छाला फुट्ने, डन्डिफोर आउने, छाला फुस्रो हुने, चिलाउने, डाबर आउने, घाँटी बस्ने, आँखा रातो हुने समस्या आउन सक्छ । त्यसैले रंगको छनौटमा ध्यान दिनुपर्छ । लगाउने बेलामा पनि ध्यान दिन जरुरी छ ।

रंग कसरी निकाल्ने ?

छालामा केमिकल रंग लगाएका छौं भने हामी त्यसलाई तुरुन्त निकाल्नको लागि मट्टितेल, पेट्रोलको प्रयोग गर्छौं । तर यो छालाको लागि धेरै हानिकारक हुन्छ । कपालमा लागेको रंग निकाल्दा मन तातो पानीमा कन्डिस्नर लगाएर धुने र तेलले मालिस गर्नुपर्छ । छालाको लागि सेता साबुन र मन तातो पानीले सफा गर्नुपर्छ । नङलाई पनि नरम ब्रसले सफा गर्ने र तेलले मालिस गर्ने गर्नुपर्छ । 

छालाको सुरक्षा कसरी गर्ने ?

होलीमा रंग लगाएपछि दुई तीन दिनसम्म दाह्री काट्ने, थ्रेडिङ तथा फेसियल गर्नु हुँदैन । यो बेलामा छाला कमजोर भएको हुन्छ र यस्ता क्रियाकलापले छाला फुट्ने हुनसक्छ । कुनै बेला छालामा रंगको कारणले डाबर आउने, चिलाइरहने तथा फोका देखा पर्न सक्छ । घाममा जाँदा चर्याउने, परपराउने भएमा डाक्टरकोमा जानु पर्छ । 

(वरिष्ठ छाला रोग तथा यौन रोग विशेषज्ञ डाक्टर जोशीसँग सुजाता खत्रीले गर्नुभएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जसको पसिना गन्हाउँछ, उसलाई थाहा हुँदैन

    गर्मी याममा शरीरमा पसिना आउनु नराम्रो कुरा होइन । यसले शरीरलाई शान्त राख्न तथा शरीरको तापक्रम घटाउन मद्दत गर्छ । एक हिसाबले शरीर संरक्षणको लागि सुरक्षात्मक संयन्त्र पनि हो । पसिना आयो भने शरीरलाई शितल हुन्छ, तर धेरै पसिना आयो भने रोग लाग्छ ।

  • बाढी पहिरोबाट कसरी बच्ने ?

    बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका छन् ।

  • ​विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

    साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, बर्दिया लगायत जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

  • गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा !

    नामै पशुपति । पशुपतिलाई मन पर्ने आफ्नै साँढे । साँढेलाई सुहाउने हलो । पशुपतिको भलो गर्ने पनि त्यही हलो । हलो मात्रै रोजेर हेलो हेलो भन्दै अघि लाग्नुपर्छ भनेर बेलैमा थाहा पाएको भए नामै कमल भएका मान्छेसित पशुपति यति बिघ्न कठोर किन हुनुपर्थ्यो ।

  • सडकका खाल्डामा परेर कति मान्छे मरेपछि शहर स्मार्ट हुन्छ ?

    स्मार्ट सिटी र रेलका कुरा छोड्नुस्, पहिले खाल्डाका कुरा गर्नुस् । सडकलाई सडक भन्न मिल्ने बनाउनुहोस् । हिँड्दा हिँड्दै खाल्डोमा हामी नपर्ने सडक बनाउनुहोस् । अनि गरौँला स्मार्ट सिटीका कुरा, स्काई रेलका कुरा, अनि मेट्रो रेलका कुरा ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया