समाज
होली पर्व रङ खेलेर मनाईंदै, काठमाडौंमा सुरक्षा व्यवस्था कडा
- Sunday, Mar 12, 2017
- 08:10 AM ( 2 years ago )
- Total Views: 4.9 K
काठमाडौं, फागुन २९ – फागुन शुक्ल पूर्णिमाका दिन आइतबार रङहरुको पर्व फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने होली सोमबार मनाईन्छ ।
असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससँगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ ।
यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चिर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागु पूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको पर्वलाई सबै नेपालीले खुशी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
शुभकामना सन्देश दिनुहुँदै उहाँले विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबिच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबिच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।
यस्तै होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । उपत्यकाका चार सय ठाउँम प्रहरीको चेकिङ हुनेछ । होलीकै लागि थप ३ हजार प्रहरी खटिने छन् ।
यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र २५ हजार रुपैयाँ जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
-
एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
-
छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
-
२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
-
जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस