MENU

खेल

Ncell Axiata

पारस भन्छन् - खेल्न भन्दा हेर्न गाह्रो हुँदोरहेछ

काठमाडौं, फागुन ३० – पेटको अपरेसनका कारण काठमाडौंको कीर्तिपुरमा भएका केन्याविरुद्धको दुवै खेल गुमाएका पारस खड्काले खेल अवधीभर कहिले यता कहिले उता गरिरहेका देखिन्थे । पभेलियनबाट खेलाडीलाई आदेश दिने, सम्झाई-बुझाई गर्ने र उनीहरुलाई हौसला दिइरहेका हुन्थे उनी । 

निकै महत्वपुर्ण मानिएको खेलमा आफू नखेल्दा दर्शकले पनि खल्लो महसुस गरेको उनले राम्रोसँग बुझेका थिए । पहिलो खेलमा नेपाल हार्नुलाई धेरैले पारसको अनुपस्थितिसँग पनि जोडेका थिए । सोमबार केन्यालाई हराएपछि पत्रकारसँग कुरा गर्दै पारसले खेल खेल्न भन्दा हेर्न निकै गाह्रो भएको अनुभव सुनाए । 

‘नेपालले आजको खेल जित्छ भन्ने विश्वास त थियो तर खेल्न भन्दा बाहिरबाट हेर्न निकै गाह्रो हुँदोरहेछ’ पारसले भने, ‘ड्रेसिङ रुममा बस्दा पनि टिमलाई हौसला बढ्ने भएकाले ड्रेसिङ रुममै बसेको हुँ ।’

इमिर्जिङ कपमा पनि पारस नखेल्ने 

स्वास्थ्यकै कारण नेपालका नियमित कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने इमिर्जिङकप क्रिकेट पनि गुमाउने भएका छन् । सोमबार कीर्तिपुरमा पत्रकारसँग कुरा गर्दै पारसले आफूले नखेल्ने पक्का भएको बताए । ‘मैंले ब्यक्तिगत रुपमा व्यवस्थापलाई म इमिर्जिङकप क्रिकेट खेल्दिन भनेर भनिसकेको छु’ पारसले भने । इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् । 

यो खेल खेलेको भए फेरि पनि अप्रेसन गर्नुपथ्र्यो

आफनो स्वास्थ्य दिनदिनै मुल्याङ्कन गरेको तर पनि कुनै पनि हालतमा केन्या विरुद्धको खेलमा खेल्न नसकिएको भन्दै पारसले गुनासो गरे । ‘यदि यो खेलमा आफू जवरजस्ती मैदान उत्रिएको भए फेरि अर्को अप्रेसन गर्नु पथ्र्यो मैंले ।’ उनले भने ‘रिस्क लिने या नलिने भन्ने थियो, यदि अहिले रिस्क लिएको भए भविष्यमा अर्को अप्रेसन गर्नुपर्ने हुनसक्थ्यो त्यै भएर खेलिन ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया