MENU

विचार/अनुभूति

Ncell Axiata

विश्वकप छनौट खेल्ने सम्भावना सकिएको छैन

जगत टमाटा -

आजको खेलमा खेलाडीहरुले एकदमै राम्रो खेलेका छन् । आजको खेलमा हामीले धेरै सुधार्छौ भनेर अस्तीको खेल पछि भनेका थियौं, आज भनेजस्तो नै भयो । ज्ञानु (ज्ञानेन्द्र मल्ल)ले धेरै राम्रो खेलेका छन् । धेरै लामो समयपछि उसले आफूलाई फेरि प्रमाणित गरेर देखाएको छ । नेपालको वन अफ द बेस्ट ब्याट्सम्यानको रुपमा ज्ञानेन्द्रले आफूलाई उभ्याएको छ । दिपेन्द्रलाई पनि हामीले जुन हिसाबले विश्वास गरेका थियौं त्यो विश्वास प्रमाणित गरेको छ । दुई जनाको पार्टनरसिप पनि गज्जब जमेको छ ।  

अनि बलिङ पनि निकै राम्रो भयो । हामीले केन्यालाई १ सय ७० भित्रै रोक्ने योजना बनाएका थियौं, तर हाम्रो कसिलो बलिङ सामु उनीहरु १ सय ५५ रनमै अलआउट भए । सबैको मेहेनतले गर्दा नेपालले आजको खेल जितेको छ ।

शरद भेषावकरलाई हामीले ल्यायौं, उसले पनि बलिङमा प्रमाणित ग¥यो, हामीलाई थाहा छ, उसले पार्टटाइममा निकै राम्रो बलिङ गरेर ब्रेब थु्र पनि गर्छ । 

विश्वकप छनौट खेल्ने सम्भावना पुरै सकिएको छैन । अब हामीले चार वटा (हङकङसँग दुई र युएईसँग दुई) खेल खेल्न बाँकी छ । यी चार वटै खेल हामीले जित्नुपर्छ । अनि हामीभन्दा अगाडी रहेको टिमले हार्नुपर्‍यो । गणितीय  सम्भावनाको कुरा छ । राम्रो भन्दा राम्रो खेलौं । हामी राम्रो क्रिकेट खेल्दै जानेछौंं । त्यसमाथि जुनियर खेलाडीहरुले पनि महत्वपूर्ण योगदान गर्न सक्छन् भन्ने आशा देखाएका छन् । 

दिपेन्द्रले सुपर खेले

आजको खेलमा पनि लुज बल खेलाडीले छाडेनन् बाउन्ड्री पनि हानेकै थिए । टाइट बलमा पनि १÷२ रन जोडेका थिए । त्यसमाथि दिपेन्द्रले त सुपर खेलेका छन् । केन्याको फास्ट बलर र हजारौं दर्शकको सामु खडा भएर उसले गजव खेलेको छ । नेपालको मिडिल अर्डरको लागि एउटा खम्बा तयार भएको छ । 

खेल सुरु हुनुअघि र खेलको दौरानमा ड्रेसिङ रुममा पनि हामीले नर्मल क्रिकेट खेल्ने कुरा भएको थियो । १ सय ५६ को टार्गेट पाएपछि पनि हामीले विस्तारै खेल्ने र रनरेट बढाउँदै लैजाने कुरा गरेका थियौं त्यै भयो । हामीलाई रनरेट बढाउने आवश्यकता पर्‍यो भने त्यै अनुसार खेलौला भन्ने पनि कुरा भएको थियो । तर लुज बल पाए केटाहरुले राम्रै रन बनाए । 

दिपेन्द्र जस्तै सुनिल धमलाले पनि खेल्ने प्रयास गरेका थिए तर सकेनन् । सुनिललाई पनि उसले केही गर्न सक्छ भनेर हामीले लिएका हौं, अब सुधार गर्लान् । सुनिलबाहेक हामीसँग अरु पनि दुई जना ओपनर ब्याट्सम्यान छन् उनीहरुलाई पनि ओपनिङमा प्रयोग गर्न सक्छौं । अहिलेसम्म ओपनिङ जम्न सकेको छैन्, आउँदा दिनमा सुधार्नेछौं । 

आजको खेलमा पुरानो मेहबुब आलमलाई साँच्चै हामीले देख्न पायौं । उसले पहिलाको जोश देखाएको छ । अस्तीको खेलमा अलिकति अवस्था नै फरक भएकाले बलिङको मौका पाएका थिएनन् । आज अवसर दियौं उसले प्रमाणित पनि गर्‍यो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

  • लभ गर्ने फर्मुला

    बिहे नभएकाले त लभ गरे गरे । तर बिहे गरेका, घरभरी छोराछोरी भएकाहरु समेत लभ गरि हिँड्छन् । श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया