MENU

खेल

Ncell Axiata

बार्सिलोना र पिएसजीबिचको खेल फेरि गराउन माग गर्दै हस्ताक्षर अभियान

चैत १ – रियल मड्रिड र बार्सिलोनाका समर्थक निकै वास्तविक छन् र उनीहरुको आफ्नो टिमप्रतिको माया तथा लगाव पनि देखिन्छ । दुई टिमका समर्थकबिच आफ्नो टिम राम्रो रहेको देखाउने प्रतिस्पर्धा नै चल्छ । दुई टिम एक अर्कासँग नखेलेको भएपनि आफ्नो टिमलाई माथि पार्न तथा अर्को टिमलाई पछि पार्ने प्रयासमा समर्थक लागि रहेका हुन्छन् । बार्सिलोनाले गएको हप्ता च्याम्पियन्स लिगमा ऐतिहासिक प्रदर्शन गर्दै शानदार पुनरागमन गर्‍यो । पहिलो लेगमा ४–० ले हारेको बार्सिलोना दोस्रो लेगमा ६–१ ले विजयी हुँदै समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा पुग्यो । तर कुरा रियल मड्रिडका केही समर्थकलाई मन परेन । त्यसकारण रियल मड्रिडका समर्थकले बार्सिलोना र पिएसजी बिचको खेलमा फेरि हुनु पर्ने माग गरेका छन् । यसका लागि रियलका समर्थकले हस्ताक्षर अभियान नै चलाएका छन् । यो अभियानमा एक लाख भन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । लुइस मेलेन्डो ओल्मेडो नाम गरेका रियल मड्रिडका समर्थकले यो अभियान सुरु गरेका हुन् । उनले बार्सिलोना र पिएसजीबिचको खेलमा रेफ्रि जेनिज एटेकिनले बार्सिलोनालाई साथ दिन निकै खराब गल्ति गरेको दाबी गरेका छन् । रेफ्रिकै कारण खेलको नतिजा बार्सिलोनाको पक्षमा गएकाले फेरि खेल हुनु पर्ने उनले माग गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेइमार पिएसजीका मेसी !

    कात्तिक ४ – ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पनि हुने गरेको छ ।

  • भारतमा आजीवन प्रतिबन्ध लागेपछि क्रिकेटर श्रीसन्तले भने : अन्य देशबाट खेल्न सक्छु

    कात्तिक ४ – सन् २०११ को विश्व कप जित्दा भारतीय क्रिकेट टोलीमा एस श्रीसन्त पनि सामेल थिए । स्पट फिक्सिङको मामलामा उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आजीवन प्रतिबन्ध लगाएपछि श्रीसन्थले भारतबाहेक अरु देशबाट खेल्ने सम्भावना रहेको बताएका छन् ।

  • यी पाकिस्तानी क्रिकेटर इतिहास रच्दै सबैभन्दा अगाडि, पछि परे महान हस्ती

    कात्तिक ४ – यो श्रृङ्खलाको तेस्रो खेलमा उनले पाँच विकेट लिएर पाकिस्तानलाई जिताएका थिए । योसँगै २३ वर्षीय हसनले क्रिकेटका महान हस्तीलाई पछि पारेका छन् ।

  • रियल मड्रिडले भन्दा लेस्टर सिटीले बढी रकम पायो

    कात्तिक ४ – लेस्टर सिटीले गएको सिजन च्याम्पियन्स लिग सहभागिताबाट विजेता रियल मड्रिडले भन्दा बढी रकम प्राप्त गरेको छ । च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडले भने क्वाटरफाइनलबाट बाहिरिएको लेस्टर सिटीले बढी रकम पाएको हो ।

  • बार्सिलोनाको आँखा हरेरा र कोन्टिन्होमा, केनले रियल मड्रिड जाने कुरा गरे अस्वीकार

    कात्तिक ४ – स्पेनिस क्लब बार्सिलोनाले आउँदो जनवरीको ट्रान्सफर विन्डामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर एन्डर हरेरालाई क्लब भित्र्याउने प्रयामा रहेको बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ । यो वर्षको अन्त्यसम्ममा नयाँ सम्झौता नभएमा हरेराको युनाइटेडसँगको सम्झौता एक वर्ष मात्रै बाँकी रहनेछ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया