MENU

साहित्य/ कला

ujyaalo forign call inside

गजल - भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई

गजल

                                                                                                               - घनश्याम पथिक (झापा)

भाइ मार्छन् दाजुलाई दाजु मार्छन् भाइलाई ।।
शत्रु छिर्‍यो मेरो देशमा हामीलाई अलग्याई ।।

मेरो मात्र पहाड भन्छु तिमी हिमाल मेरो भन्नु
पाइला टेक्न दिन्न भन्छ कसैलाई नि तराई ।।

माटो बेचौँ हावा बेचौँ सके जति आकाश बेचौँ
रगत बेचौँ सन्ततिको आ–आफ्नी आमा रुवाई ।।

यगौं बाच्थ्यो स्वाभिमान जसै हिजो बाचेको थ्यो
एउटै घर हामी बस्ने राख्न सके नभत्काई ।।

आओ एउटा प्रण गरौँ हिमाल, पहाड, तराई मिली
देश रहे हामी हुन्छौं, राख्छौं यो देश बनाई  ।।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया