MENU

समाज

Ncell Axiata
USAID

बाबाले विदेशबाट पठाएको पैसा झिक्न जाँदा आमा गुमाएका यी बालक

नेपालगञ्ज, चैत २ – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको पेडियाट्रिक वार्डको बेड नम्बर १६१ मा एकजना चार वर्षका बालकको बायाँ खुट्टामा प्लास्टर गरिएको छ । अनुहारभरि चोट लागेको छ । 

बालकले मम्मी भनेर बेलाउँदा वरीपरी सबै भावुक हुन्छन्, अधिकांशका आँखा रसाउँछन् । पेडियाट्रिक वार्डको वेड नम्बर १६१ मा एकसातादेखि यी बालकले आफ्ना आफन्त मात्रै नभएर अन्य बिरामी र कुरुवालाई भावुक बनाइरहेका छन् । 

चार वर्षका दिनेश लोहार २६ जनाको ज्यान जानेगरी अघिल्लो बिहीबार जाजरकोटमा भएको बस दुर्घटनामा परेका बालक हुन् । जुन दुर्घटनामा उनले १७ वर्षकी आमा गोफली लोहारलाई गुमाए । उनका बाबु गोपाल गएको तीन वर्षदेखि वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा हुनुहुन्छ । दुर्घटनामा आमाको ज्यान गएपछि दिनेश सुरुवातदेखि नै मम्मी भन्दै रुने गरेको उनका फुपाजु बेदबहादुर रासकोटी मगरले बताउनुभयो ।

दिनेशको उपचारका लागि उनका फुपाजु रासकोटी मगर र ठूलो बुवा अस्पतालमा रहनुभएको छ । 

‘जतिबेला पनि मम्मी जाम, मम्मी जाम भन्छन्’ दिनेशका फुपाजु रासकोटीले भन्नुभयो, परिवारका सदस्य गुमाएको पीडामाथि बालकले झनै सबैलाई रुवाउने गरेका छन् ।’ दिनेशको खुशीको लागि मोवाइलमा उनको मम्मीसँग कुरा गरेको जस्तो गर्ने गरेको बताउँदै रासकोटीले बालकले मम्मीभन्दा परिवारका सदस्यहरु मनै थाम्न सक्ने अवस्थामा हुने बताउनुभयो । 

बिहीबार दिनेशका बुवा गोपालले पठाएको एकलाख ५० हजार रुपैयाँ ल्याउन जाजरकोट जगतीपुर बारेलाकी गोफ्ली छोरा दिनेशसहित सदरमुकाम जानुभएको थियो । पैसा झिकेर घर फर्कनेक्रममा उनीहरु चढेको गाडी केही समयमै दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया