MENU

राजनीति

Ncell Axiata
NIC Asia

वडाबाट के के पाइन्छ सेवा ? सिफारिस मात्र ३७ किसिमका

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, चैत २ – मंगलबारदेखि नयाँ स्थानीय तहले सेवा सुरु गरेका छन् । ६० वर्ष लामो स्थानीय निकायको संरचनालाई बदल्दै ७ सय ४४ वटा स्थानीय तह कायम भएसँगै यसले नागरिकलाई दिने सेवामा पनि व्यापक परिवर्तन भएको छ । 

नयाँ संरचनाअनुसार यसअघि गाविस वा नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरु अब वडाबाट प्रदान गरिने छ भने जिल्ला, अञ्चल र क्षेत्रले दिएका सेवा गाउँ वा नगरपालिकाको केन्द्रबाट प्रदान गरिनेछ । स्थानीय विकास मन्त्रालयले फागुन २४ गते जारी गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धीमा जारी गरेको आदेशअनुसार वडाले विकास निर्माणका काम सञ्चालनदेखि विभिन्न ३७ किसिमका सिफारिस गर्नेछन् । आफ्नो वडाभित्रको योजना तर्जुमा, कार्यान्वनय र अनुगमनको काम वडा आफैंले गर्नेछ । 

प्रतिनिधिले छनोट गरेका विकायोजना सम्झौता गर्ने, कामको आधारमा निकास गर्ने, गुणस्तरहीन काम गरे सच्याउन लगाउनेसम्मको अधिकार वडाले गर्न सक्ने स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारप्रसाद शर्मा बताउनुहुन्छ । आफ्नो क्षेत्रभित्रका विभिन्न किसिमका तथ्यांक संकलन तथा व्यवस्थापनको जिम्मा पनि वडा कार्यालयलाई दिइएको छ । घर परिवारको तथ्यांक, मठ मन्दिर, कुलो, बाटो, खाली चौर, सामुदायिक वन, ऐलानी जग्गाको विवरण वडा स्वयमले गर्नेछ ।

शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ताका विकासका पूर्वाधारको व्यवस्थापनको जिम्मा पनि वडाले पाउन आदेशमा उल्लेख छ । प्रवक्ता शर्माका अनुसार कुनै पनि सरकारी कामका लागि चाहिने सिफारिस वडाले प्रदान गर्नेछ । नाता प्रमाणित, नागरिकता लिनका लागि सिफारिस, जन्म दर्ता, विवाद दर्ता, घरबाटको सिफारिस, मिलापत्र गराउने सिफारिस वडा कार्यालयले दिनेछ । 

यस्तो छ वडा कार्यालयबाट पाइने सुविधा :

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया