MENU

साहित्य/ कला

Ncell Axiata
USAID

सुरु भयो अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव, १०१ वटा चलचित्र देखाइने

काठमाडौं, चैत ३ – पाँचाै नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित ३९ देशका १ सय १  वटा चलचित्र देखाइने छ । जसमा नेपालका ११ चलचित्र छन् । 

महोत्सवमा प्रदर्शनका लागि नेपालसहित विश्वभरबाट २ हजार चलचित्रले आवेदन दिएपनि १ सय १ वटा छानिएको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवका प्रमुख अरुणदेव जोशीले जानकारी दिनुभयो । मानवअधिकारको संरक्षण र उल्लंघनका बिषयमा बनाइएको चलचित्रले मानवअधिकारको अवस्था थाहा पाउन र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुने उहाँको भनाइ छ । 

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले शरणार्थी समस्या, युद्धमा हनन भएका मानवअधिकार, महिला अधिकारको हनन् लगायतका विषयमा बनेका चलचित्रले मानवअधिकारका बारेमा जनचेतना फैलाउन सहयोग पुग्ने र यस्ता महोत्सव अरु शहरमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया