MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

सोमालियाका शरणार्थी चढेको डुंगामाथि आक्रमण, ३१ जनाको मृत्यु

चैत ४ – यमनमा सोमालीयाली शरणार्थी चढेको डुंगामाथि हवाइ आक्रमण हुँदा ३१ जनाको ज्यान गएको छ । यमन हुँदै सुडान जान लागेका ती शरणार्थी चढेको डुंगामाथि यमनको समुन्द्री तटमा आक्रमण भएको हो । 

ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन् । आक्रमण कसले गरेको भन्ने एकिन हुन नसकेको बिबिसीले उल्लेख गरेको छ । आक्रमण भएको समुन्द्री तट हुथी विद्रोहिको नियन्त्रणमा रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया