MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

ट्रम्पले मर्केललाई भने–हामी दुवैको फोन ओबामाले ट्याप गरे

चैत ५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफानको ट्याप अर्थात ह्याक गरिएको आरोप फेरि लगाउनु भएको छ । फोन ट्यापिङ सम्बन्धी राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उहाँले फेरि आरोप लगाउनुभएको हो । ट्रम्पले अमेरिका भ्रमणमा हुनुभएकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङमा परेको बताउनुभएको हो ।

ट्रम्पले मर्केल र आफूमा एउटा समानता रहेको र त्यो ओबामा प्रशासनका बेला दुवै जनाको टेलिफोनमा गैरकानुनी रुपमा निगरानी गरिनु रहेको बताउनुभयो । ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोनमा निगरानी गरेको विषय चर्चामा आएको थियो । त्यसपछि मर्केलले कडा आपत्ति जनाउनुभएको थियो । ट्रम्पले त्यही विषयलाई अहिले उप्काउनु भएको हो ।

तर ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्र्याट सिनेटर तथा नेताले विश्वास गरेका छैनन् । ट्रम्पले भने बारम्बार यस्तो अरोप लगाउँदै आउनुभएको छ तर त्यसको प्रमाण भने दिनुभएको छैन । ट्रम्प र मर्केलबिच नेटो र व्यापार बिस्तारसहितका महत्वपूर्ण विषयमा छलफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया