MENU

खेल

Ncell Axiata

रोनाल्डो र मेस्सीको मन कुँडियो

चैत ५ – विश्व फुटबलका दुई नाम क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कुरा आउँदा जहिले पनि उनीहरुबिचको प्रतिस्पर्धा र को उत्कृष्ट भन्ने विवाद नै प्रमुख बनेर आउने गरेको छ । तर रोनाल्डो र मेस्सी दुवैको मन एक कुराले निकै कुँडिएको छ, त्यो हो सिरियामा चलिरहेको द्वन्द्व र त्यसले बालबालिकामा परेको असर । रोनाल्डो र मेस्सी दुवैले सामाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै सिरियामा शान्तिका लागि अपिल गरेका छन् । दुवै खेलाडी एक एक सन्तानका पिता हुन् ।

उनीहरुले सामाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै सिरियामा शान्ति स्थापना गरी दुःख, हिंसा र भोकमरीको चपेटामा परेका बालबालिकाको संरक्षणका लागि अपिल गरेका हुन् ।

 

Today I think of Syrian kids like Omar* who drew his dream of being a barber. ✂ #SaveSyriasChildren @savethechildren

A post shared by Cristiano Ronaldo (@cristiano) on

मेस्सीले फेसबुकमा पोष्ट गरेको सन्देशमा सिरियामा बालबालिकाको अवस्थाले आफ्नो मुटुनै चुँडिएको उल्लेख गरेका छन् । रोनाल्डोले इन्स्टाग्राममा बालबालिकाका लागि समर्पित गरेर सन्देश पोष्ट गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोन्टिन्होलाई भित्र्याउन बार्सिलोनाको अन्तिम प्रयास

    भदौ ४ – बार्सिलोनाले लिभपुरलका मिडफिल्डर फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने अन्तिम प्रयास गरिरहेको छ । बार्सिलोनाले कोन्टिन्होका लागि ११ करोड ८० लाख पाउण्डको नयाँ प्रस्ताव गरेको छ ।

  • बुफोनले रोके ऐतिहासिक पेनाल्टी

    भदौ ४ – इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा च्याम्पियन युभेन्टस र नापोलीले विजयी सुरुवात गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको यो सिजनको पहिलो खेलमा युभेन्टसले कालियरीलाई ३–० ले हराएर प्रभावशाली जितका साथ नयाँ सिजनको सुरुवात गरेको हो ।

  • पहिलो खेलमै ग्रिजम्यानलाई रेड कार्ड

    भदौ ४ – स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानका लागि खराब बनेको छ ।

  • मैदान छिरेको ७ मिनेटमा गोल, त्यसपछि रेड कार्ड

    वेष्ट ब्रोमका लागि विजयी गोल गरेका रोब्सन–कानु गोल गरेको १२ मिनेटपछि मैदानबाट बाहिरिन बाध्य भए । ७१ औं मिनेटमा सुन्दर गोल गरेका कानु ८३ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए ।

  • लिभरपुल र लेस्टरको पहिलो जित

    भदौ ४ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र लेस्टर सिटीले पहिलो जित दर्ता गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया