MENU

अर्थ

Ncell Axiata
NIC Asia

​कालिकोटमा पहिलो पटक एटीएम सेवा

मनिराज पाण्डे/उज्यालो । कालिकोट, चैत ५ - कर्णालीको पहिलो शाखाको रुपमा स्थापना भएको सानिमा बैंकले शुक्रवारदेखि  कालिकोटको मान्ममा पहिलो पटक एटीएम सेवा सुरु गरेको छ । विकट जिल्लामा आर्थिक समृद्धि र बित्तीय सेवामा पहुँच बढाउन  ४४ औं शाखाको रुपमा एटीएम सुविधा सुरु गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन् । 

वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले फागुन ६ गते उद्घाटन गरेको बैंकमा पहिलो ग्राहक मनसराकुमारी न्यौपाने बरालले एटीएमबाट खाताको रकम झिकेर उद्घाटन गर्नुभएको हो । 

एकसय जना ग्राहकलाई एटीएम कार्ड उपलब्ध गराएको बैंकका प्रबन्धक मनिषमान श्रेष्ठले जानकारी दिनुभयो । वाणिज्य बैंकको रुपमा मान्यता पाएको सानिमाले छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै परिचालन गर्ने, आर्थिक समृद्धिका लागि विभिन्न स्किमहरु संचालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । 

कालिकोटमा सानिमा आएपछि वित्तीय कारोवारका लागि सहज भएको उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यवहादुर शाहीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया