MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

लामो समयपछि असिनासँगै हिउँ

पाँचथर, चैत ५ - धेरै वर्षपछि यहाँ हिउँ परेको छ । धेरै वर्षपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पु¥याएको किसान वताउँछन् ।

शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म हिउँ परेको देखेको थिइन, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफँैले देखेँ ।” उहाँले थप्नुभयो, “हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानीसमेत परेकाले आफूहरुले लगाएको आलु, मकै बालीसमेतमा क्षति पुगेको छ ।”

यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बैंसीतिर पनि परेको छ । जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो ।”

हिउँ परेपछि त्यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन् ।    रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

  • हिउँ परेपछि बाजुराको जनजीवन कष्टकर

    बाजुरा, मंसिर १९ – बाजुरालगायत सुदूर पश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

  • प्लाष्टिकजन्य फोहोरले समुद्री जीवन खतरामा

    मंसिर १९ – प्लाष्टिकजन्य फोहोरका कारण समुद्री जीवनमा खतरा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया