MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा

 

इलाम, चैत ५ – उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । 

प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस पाइने भए पनि तिनको सङ्ख्या र प्रजातिको यकिन हुन सकेको छैन । 

“गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ,” उच्च पहाडी जडीबुटी संस्थाका दीपक लुङ्गेलीले भन्नुभयो, “वन मन्त्रालय र विभागबाट ठोस नीति तर्जुमा गरी जिल्ला वन कार्यालयमार्फत स्थानीय तहका हरेक सरोकारवालाई संरक्षणका लागि प्रेरित गर्नुपर्छ ।” 

माइमझुवा, मावु, जमुना, माइपोरी, पुवामझुवा, प्याङ, जोगमाईलगायत गाविसमा अत्यधिक गुराँस पाइन्छ । ती क्षेत्रमा रहेका पशुगोठमा दाउरासँगै गोठलगायत संरचना निर्माणका लागि गुराँस फँडानी हुने गरेको छ । खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले बताउनुभयो । “ढिलो बढ्ने र फँडानी तीव्र हुँदा बर्सेनि क्षेत्रफल घट्दो छ”, उहाँले भन्नुभयो । काँचोमा नै मज्जाले बल्ने र यसको काठ पनि मजबुत हुने भएकाले प्रयोग बढ्दो छ । 

इलामको पूर्वी पशुपतिनगरदेखि मानेभन्ज्याङ हुँदै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र त्यहाँका दुई दर्जन होटलले दाउरा र निर्माणका लागि गुराँसको प्रयोग धेरै गर्ने गरेका छन् । “सीमापारि सिंहलिला नेसनल पार्कले प्रवेश नदिने भएपछि नेपालतर्फका गुराँसलगायत वनमा प्रभाव पर्ने गरेको हो”, माइमझुवाका डिबी गुरुङले भन्नुभयो, “त्यस क्षेत्रका बासिन्दालाई चेतना विस्तारसँगै दैनिक दाउराको गुुजारा गर्न वैकल्पिक उपाय खोजी गर्नुपर्छ ।” 

जिल्ला वन कार्यालयले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम गर्न सकेको छैन । चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले संरक्षण थालेको हो । “गुराँस धेरै पाइने स्थानको पहिचान गरी ठोस कार्यक्रम ल्याइने सोच भए पनि आवश्यकताअनुसार काम हुन नसकेको हो,” वन कार्यालयका सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो । 

उहाँका अनुसार वन तथा भूसंरक्षण मन्त्रालयमार्फत गुराँस संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालिएको विश्वमा गुराँसको एक हजार प्रजाति रहे पनि लालीगुराँस भने ३२ प्रजातिका रहेको तथ्याङ्क छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

  • आज कहाँ पानी पर्ने सम्भावना, कहाँ पर्दैन ?

    काठमाडौं, मंसिर २१ – देशका एक दुई ठाउँमा बिहीबार फाट्टफुट्ट पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । भारतको गुजरात नजिकै अरब सागरमा बनेको सामुन्द्रिक चक्रवात ओकी को प्रभावले पश्चिममा र बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वका एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

  • प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न प्रभावकारी हुने :विज्ञ

    काठमाडौं मंसिर १९ – प्रकृति र वन्यजन्तु संरक्षणलाई पाठ्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण अभियान प्रभावकारी हुने विज्ञहरुले जनाएका छन् । प्रकृति र वन्यजन्तुका विषयलाई विद्यालय शिक्षासँग जोड्न सकिए संरक्षणमा प्रभावकारी नतिजा आउनेमा उनीहरुले जोड दिएका हुन् ।

  • हिउँ परेपछि बाजुराको जनजीवन कष्टकर

    बाजुरा, मंसिर १९ – बाजुरालगायत सुदूर पश्चिमका उच्च हिमाली जिल्लामा परेको हिमपातले चिसो बढाउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

  • प्लाष्टिकजन्य फोहोरले समुद्री जीवन खतरामा

    मंसिर १९ – प्लाष्टिकजन्य फोहोरका कारण समुद्री जीवनमा खतरा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया