MENU

अर्थ

USAID

लण्डनमा साझाको पुस्तक प्रदर्शनी

काठमाडौं, चैत ५ – साझा प्रकाशनले पहिलोपटक लण्डनमा पुस्तक प्रदर्शनी गरेको छ । लण्डनमा रहेको नेपाली दूतावासको आयोजनामा शुक्रबारदेखि तीन दिनका लागि प्रदर्शनी सुरु भएको छ ।  

प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा धेरैजसो पुस्तक प्रर्दशनीको पहिलो दिनमै सकिएको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

पुस्तक प्रशर्दनीको उद्घाटन गर्दै बेलायतका लागि नेपाल राजदूत दुर्गाबहादुर सुवेदीले साझा प्रकाशनलाई पहिलेको जस्तै सम्बृद्ध बनाउन युरोपका हरेक देशमा प्रदर्शनी गर्नुपर्ने बताउनुभयो । विदेशमा रहेका नेपालीहरु पुस्तक पढ्न निकै आतुर रहेको भन्दै उहाँले साझा उकास्ने एउटा उपाय पुस्तक प्रदर्शनी पनि भएको बताउनुभयो । 

साझा प्रकाशन वचाउ अभियान अन्तगरत २६ बुँदे कार्ययोजना अन्तरगत नै बेलायतमा पुस्तक प्रदर्शनी गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने महाप्रबन्धक शर्माले जानकारी दिनुभयो । साझाबाट प्रकाशन भएका पुस्तक विदेशमा बसेरै पनि पढ्नेगरि इ बुकको सेवा दिन त्यहाँका नेपालीले आग्रह गरेको र साझाले छिटै इ बुक सेवा सुरु गर्ने पनि उहाँले जानकारी दिनुभयो । पुस्तक प्रदर्शनीसँग नेपाली दूतावासको परिसरमा साहित्य महोत्सव पनि गरिएको छ।  

(तस्बिर : साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा )  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया