MENU

विज्ञान प्रविधि

USAID

उपत्यकाका प्रमुख नदीबाट ३० मेट्रिक टन फोहर निकालियो

काठमाडौं, चैत ५ – उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको २ सय १ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८ सय ५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो । 

सफाइ महाअभियानलाई शनिबारनै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गर्नुभयो । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैंकका सञ्चालक समेत रहनुभएको वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताउनुभयो । 

शनिबारको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाउनुभएको थियो । 

वाग्मती सफाइ महाअभियानको २ सय २ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ । 

रुद्रमती सफाइको १ सय ६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

पूर्वसचिव किशोर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइको नेतृत्व गर्नुभएको थियो । सफाइमा ३ सय ५० व्यक्तिको सक्रिय सहभागिता थियो । 

विष्णुमती सफाइको १ सय ३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिनुभयो । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा शनिबारको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८ सय अभियन्ताको सहभागिता थियो । 

तारकेश्वर नगरपालिकाको दियालो टोलमा शनिबार विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १ सय ६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

    काठमाडौं, चैत १५ – नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।

  • राति दिसा पिसाब लागेर हैरान हुनुहुन्छ ? नुन कम खानुस्

    चैत १४ – रातिको समयमा दिसा पिसाब बढी लाग्ने बानी भएका मानिसले त्यसबाट मुक्ति पाउनका लागि नुनको मात्र कम गर्नु पर्ने बताएका छन् ।

  • रातो आइफोन, मूल्य कति ?

    चैत ११ – एप्पलको आइफोन सेभेन र सेभेन प्लसको विशेष संस्करण रेड बजारमा आएको छ । एचआइभी एड्स विरुद्ध सहयोग गर्दै आएको एप्पलले कोष जुटाउनका लागि आइफोन सेभेन र सेभेन प्लसको रातो रंगको विशेष संस्करण ल्याएको हो ।

  • माछाको तेलले शिशुको मस्तिष्क थप तीक्ष्ण बनाउँदैन–अनुसन्धान

    चैत १० – माछाको तेलले शिशुको मस्तिष्कको विकासमा थप सहयोग नगर्ने अनुसन्धानले देखाएको छ । गर्भवती भएका बेला माछाको तेल प्रयोग गरेमा शिशुको मस्तिष्क थप तीक्ष्ण हुने विश्वास रहँदै आएको छ ।

  • सगुनको मिनी आइपिओ के हो ?

    काठमाडौं, चैत ७ – सामाजिक सञ्जाल सगुन डटकमको मिनी आइपिओ खुल्ला भएको झण्डै डेढ महिना भएको छ । सगुन डटकमले गएको माघ २७ गते मिनी आइपिओ खुल्ला गरेको थियो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया