MENU

समाज

Ncell Axiata

रसुवामा ५१६ भूकम्प प्रभावितमध्ये २१३ ले मात्र मापदण्ड पूरा गरे

रसुवा, चैत ५ – रसुवामा अनुदान पाउन छानिएर पहिलो किस्ता पाएका भूकम्पप्रभावित मध्ये दोस्रो किस्ताका लागि २ सय १३ घरधनीको नाम सिफारिस गरिएको छ । 

पहिलो किस्ता ५० हजार रुपैयाँ पाएर घर निमार्ण सुरु गरेका ५ सय १६ घरधनीमध्ये मापदण्ड पूरा गरेर घर निमार्ण गरिरहेका २ सय १३ लाभग्राहीको नाम सिफारिस गरिएको हो । 

जिल्लाको विभिन्न गाउँपालिकामा खटिएका इन्जिनियरले घरको नापजाँच पश्चात भवन डिभिजन कार्यालय रसुवामा सिफारिस पत्र पठाएका छन् । कार्यालयले जिल्ला समन्वय समितिमा सिफारिस गर्नेका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । 

डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख घिर फडेराका अनुसार कालिका गाँउपालिकामा ५६, पार्वतीकुण्ड गाँउपालिकामा १४ र उत्तरगया गाँउपालिकामा एक सय ४३ घरधनीको नाम सिफारिस भएको छ । 

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार दोस्रो किस्ताका लागि सिफारिस भएर आएका घरधनीलाई रकम तत्काल दिन सकिने बताउनुभयो । समितिमा प्रयाप्त रकम भएको भएपनि भवन डिभिजन कार्यालयबाट नामावली नआएका कारण रकम घरधनीलाई निकास गर्न नसकिएको उहाँले बताउनुभयो । 

भवन डिभिजन कार्यालय रसुवाले चैत मसान्त भित्र एक हजार घर निमार्ण गर्ने लक्ष्य राखेको छ । तर किस्ता पाएकालेमध्ये हालसम्म २ दशमलव ५ प्रतिशतले घर निमार्ण थालेका छन् । पहिलो किस्ता बुझेकाले पनि घर बनाउने सुरसार नगर्दा एक हजार निमार्णको लक्ष्य पूरा गर्न चुनौती रहेको छ । 

रसुवामा ११ हजार दुई सय ३६ लाभग्राहीमध्ये नौ हजार दुई सय ९९ जनासँग मात्र सम्झौता भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया