MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

उत्तर कोरियाले गर्‍यो उच्च क्षमताको रकेट परीक्षण

चैत ६ – उत्तर कोरियाले नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको नेता किम जोङ्ग उनले घोषणा गर्नुभएको समाचार संस्था केसिएनएले जनाएको छ । नयाँ सकेटले विश्व स्तरको स्याटेलाइट प्रक्षपणका लागि उत्तर कोरियालाई सहयोग गर्ने नेता किमको भनाई छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरे लगतै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो ।

चीन पुग्नुअघि दक्षिण कोरियामा रहनु भएका टिल्लर्सनले शुक्रबार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाका सैनिकलाई चुनौती दिएमा त्यसको प्रतिबाद गर्ने बताउनुभएको थियो । उत्तर कोरियाले पछिल्लो समय लगातार आणविक परीक्षण तथा मिसाइल प्रक्षपण गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया