MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

विश्वकै स्वस्थ मुटु भेटियो

चैत ६ – बोलिभियाका आदिवासी चिमेने समुदायका मानिसको मुटु विश्वकै सबैभन्दा स्वस्थ मुटुरहेको अनुसन्धानकर्ताले बताएका छन् । बोलिभियाको जंगलमा बसोबास गर्ने आदिवासी चिमेने समुदायका मानिसको मुटु निकै स्वस्थ रहने गरेको पाइएको हो । वृद्ध अवस्थाका चिमेने समुदायका मानिसको मुटुमा पनि निकै कम समस्या देखिएको द लान्सेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । आम मानिसको भन्दा फरक खानपान तथा जीवनशैलीका कारण उनीहरुको मुटु स्वस्थ रहेको अनुसन्धानकर्ताले बताएका छन् । शिकार तथा प्रारम्भिक खेती प्रणालीमा आधारित भएर जीवन चलाउँदै आएका चिमेने समुदायमा मुटु रोग सम्बन्धी निकै कम मात्रै देखिने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । बोलिभियाको अमेजन रेनफरेस्टको मानिकी नदीको आसपासमा चिमेने सुमुदायको बसोबास छ । झण्डै १६ हजारको संख्यामा रहेका चिमेने समुदायले जंगली जनावरको शिकार, माछा मार्ने तथा खेतीबाट आफ्नो जीविका चलाउँदै आएका छन् । उनीहरुको जीवनशैली अहिले आधुनिक जीवनशैली अपनाउँदै आएका मानिसको हजारौं वर्ष पहिलेको जस्तै छ । वैज्ञानिक तथा डाक्टरको समूहले उनीहरुको जीवनशैली र स्वास्थ्यमा गरेको लामो अनुसन्धानबाट उनीहरुको मुटु सबै भन्दा स्वस्थ रहेको पाइएको हो । चिमेने समुदायको आहारको १७ प्रतिशत भाग जंगली सुँगुर, बँदेल तथा मुसा प्रजातिको जनावर रहेको छ । यस्तै आहारको सात प्रतिशत स्वच्छ पानीमा पाइने माछा हो । यस्तै स्थानीय रुपमा उत्पादन भएको धान, मैक, सखरखण्ड जस्तै म्यानिओक रुट तथा केरा जस्तै रहने प्लान्टेन्स उनीहरुको खाद्यान्न स्रोत हो । चिमेने समुदायका मानिसको दैनिकी निकै सक्रिय रहेने गरेकाले पनि स्वास्थ्यमा फाइदा पुगेको अनुसन्धानमा संलग्न अमेरिकाको क्यालिफोर्नियामा रहेको लङ बिच मेडिकल सेन्टरका डा. ग्रेगरी थोमसले बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया