MENU

मनोरञ्जन

USAID

​दीपकराज गिरीले लेखे – डिभोर्स हुनलाई त बिहे पनि हुनु पर्यो नी ?

काठमाडौं, चैत ६ – चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी समसामयिक विषयमा चासो दिने र आफ्नो विचार स्पष्ट र खरोरुपमा लेख्ने सेलिब्रेटीमा पर्छन् । दीपक आफूलाई लागेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखिहाल्छन् ।  आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सञ्चार माध्यमको खण्डन गरेका छन् ।केही दिन अघि मात्रै बिभिन्न अनलाइनहरुमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले ‘छक्का पञ्जा फेरि’ मा काम नगर्ने भन्ने खबरहरु प्रकाशित भएका थिए । सञ्चार माध्यममा आएका यीनै समाचारलाई दीपकराज गिरीले खण्डन गरेका हुन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘साम्राज्ञीले ‘‘छक्का पञ्जा फेरि’’ छोडिन् भन्ने खबर भाइरल भएछ ... फिल्मको कथा नै तयार भै सक्या छैन, कसरी छाडिछन् ? रिलिज भइसकेको ‘छक्का पञ्जा’ नै पो छाडिन् भन्या हो की  ? जब कि चल्तिका २/३ जना नायिका पहिले नै छन् फिल्ममा, ती नयाँ नायिकालाई किन भजाउनु हाम्ले ? साम्राज्ञीसँग फिल्मको बिहे नै भा छैन डिभोर्सको के कुरा ? डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’ 

‘छक्का पञ्जा फेरि’ बन्ने कुरासँगै दीपकराज गिरीले एक नायक र एक नायिका गरी दुई कलाकारहरुको छनौट हुन बाँकी रहेको र नाम चलेकै कलाकारहरुलाई सिनेमामा राख्ने कुरा गरेका थिए । जसमा नायिकातर्फ साम्राज्ञिलाई अफर गएको कुरा थियो । तर साम्राज्ञीले अर्को सिनेमासँग ‘छक्का पञ्जा फेरि’को सुटिङ समय जुधेका कारण ‘छक्का पञ्जा फेरि’मा काम नगर्ने भएको खबर केही अनलाईनहरुमा प्रकाशित भएका थिए । तर दीपकले ती खबरहरु गलत भएको दाबी गर्दै स्टाटस लेखेका हुन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दुई सन्तानकी आमा हुन् ठमेल बजारकी गायिका, ठट्टैमा भएको थियो विवाह

    काठमाडौं, चैत १० – नेपाली चलचित्र ‘लुट–२’को ‘ठमेल बजार’ र ‘पर्व’ चलचित्रको ‘कालेदाइ’ले समकालिन गीतहरुलाई ओझेलमा पारिदिए । ‘ठमेल बजार’लाई यूट्युबमा एक करोड २७ लाख ३६ हजार भन्दा धेरै पटक हेरिएको छ ।

  • भद्रगोलका जयन्तेले चामल धेरै भएर पैसा माग्ने मन बनाए

    काठमाडौं, चैत ९ – टेलिसिरियल भद्रगोलमा जयन्तेको भूमिका निभाएर चर्चित भएका कलाकार गोविन्द कोइरालालाई अब चामल नभएर पैसा माग्न मन लागेको छ ।

  • बुवाको लुगा चोरेर लगाउँछन् सलोन !

    काठमाडौं, चैत ८ – दर्शक र समय अनुसार सिनेमा बनाउने निर्देशक सोभित बस्नेत गेटअपमा निकै ध्यान दिन्छन् । अर्को अर्थमा भन्नु पर्दा उनी फेशनेबल हुन रुचाउँछन् । बजारमा चलेको नयाँ डिजाइनको लुगा उनी किनिहाल्छन् र लगाईहाल्छन् ।

  • यी हुन् बायाँ हाते बलिवुड सेलिब्रेटी

    काठमाडौं, चैत ८ – सहकर्मी सुनिल ग्रोभरलाई रक्सी खाएर पिटेका कारण कमेडियन कपिल शर्मा अहिले चर्चामा छन् । त्यस्तै उनले सुनिललाई पिटेको कुरालाई ओझेलमा पार्नको लागि आफूले विवाह गरेको भन्दै बाल्यकालकी साथी भवनित चुतुर्थीसँगको एक तस्बिर सेयर गरे जसले पनि उनलाई चर्चामा ल्याएको छ ।

  • वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवल हुँदै

    वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवल हुन लागेको छ । माँ राधिका इन्टरनेशनल मुभिज प्रालिले पहिलोपटक वीरगञ्जमा भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया