MENU

बातावरण-कृषि

USAID

​कृषिमा यान्त्रिकीकरण भएपछि रसुवाका कृषकलाई सहज (फोटोफिचर)

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, चैत ६ – कृषिमा यान्त्रिकीकरण हुन थालेपछि रसुवाका कृषकलाई सजिलो भएको छ । परम्परागत कृषि औजार चलाउदै आएका कृषकलाई कृषि विकास कार्यालयले कृषि पेशामा आवश्यक पर्ने आधुनिक प्रविधि प्रदान गरेपछि कृषकलाई सहज भएको हो ।  कृषि विकास कार्यालयले रसुवाको तल्लो भागमा पर्ने उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाका व्यवसायिक कृषकलाई कृषि सामाग्री प्रदान गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँईका अनुसार कृषकलाई ९० प्रतिशत अनुदानमा एक सय २० वटा टयाक्टर, ६ वटा धान झार्ने थ्रेसर मेसिन र २४ वटा मकै छोडाउने विद्युतीय मेसिन कृषकलाई प्रदान गरेको हो । ट्रयाक्टर बिग्रिएमा मर्मतका लागि कालिकास्थानमा वर्कसप सञ्चालन गरिएको छ । कृषि विकास कार्यलय रसुवाको सहयोगमा स्थापना भएको वर्कसपले काम गर्नका लागि सहयोग पुगेको कृषक रेवती अगस्तीले वताउनुभयो । अगस्तीका अनुसार ट्रयाक्टर सञ्चालन गर्दा कृषकले कम समय तथा थोरै लागतमा धेरै उत्पादन लिन सफल भएका छन् । गोरु जोत्दा खेरी समय तथा कामदार धेरै लाग्ने भएपनि टयाक्टरको प्रयोगले छेउकुना खन्ने, डल्ला फुटाउने लगायतका काम गर्न नपर्ने अगस्तीले बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यसकारण बद्लियो मौसम

    काठमाडौं, चैत १४ – सामान्यतः मार्च (फागुन/चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ ।

  • मनसुन पूर्वतयारी योजना निर्माण गरिने

    तेह्रथुम, चैत १३ – वर्षाको समयमा हुन सक्ने सम्भावित प्रकोपको जोखिम न्युनिकरणका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले मनसुन पूर्वतयारी योजना निर्माण गर्ने भएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी असमान तामाङको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले योजना निर्माण गर्ने निर्णय गरेको हो ।

  • ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो

    लमजुङका किसानहरुलाई यत्तिबेला चैते धान रोप्ने चटारो छ । लमजुङका विभिन्न ठाउँमा किसानहरु चैते धान रोप्न व्यस्त छन् । सिचाँईको सुविधा भएका भोर्लेटार, सत्रसय, सुन्दरबजार, धमिलीकुवालगायतका फाँटहरुमा यत्तिबेला किसानहरुलाई चैते धान रोप्न भ्याईनभ्याई छ ।

  • ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै

    काठमाडौं, चैत १३ – काठमाडौंमा चैत १७ गतेदेखि २० गतेसम्म पुष्प प्रदर्शनी सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुने भएको छ ।

  • असिनाले सोत्तर भयो बाली

    सर्लाही, चैत १२ – सर्लाहीका विभिन्न स्थानमा शुक्रबार राति परेको असिना पानीले सयौं विघा खेतमा लगाएको बाली नष्ट गरेको छ । असिनाले मकै, तरकारी, दलहन खेतीमा क्षति पुर्याएको हजरियाका महेश बरालले जानकारी दिनुभयो।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया