MENU

मनोरञ्जन

Ncell Axiata

​नाम मात्रै होइन प्रदर्शन मिति पनि परिवर्तन, ‘छक्का पञ्जा फेरि’ अब असोज ११ मा आउने

काठमाडौं, चैत ६ – निर्माणको घोषणा मात्रै भएको सिनेमा ‘छक्का पञ्जा फेरि’ को प्रदर्शन मिति फेरिएको छ । छायांकनमा नजाँदै भदौ १६ गतेका लागि प्रदर्शन मिति तोकेको सिनेमाले आइतबार एकाएक आफ्नो प्रदर्शन मिति फेरेको छ । सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले हाइलाइटस्लाई  फिल्मको विदेश प्रदर्शन अधिकार दिएको भन्दै प्रदर्शन मिति बदलिएको पनि उल्लेख गरेका छन् । उनको स्ट्याटस अनुसार अब ‘छक्का पञ्जा फेरि’ असोज ११ मा आउने भएको छ ।

 यस अघि ‘छक्का पञ्जा–२’ निर्माण गर्ने भनेर घोषणा गरेको सिनेमाको नाम केही दिन अघि एकाएक परिवर्तन गरेर ‘छक्का पञ्जा फेरि’ राखिएको थियो । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया