MENU

खेल

Ncell Axiata

अनिल गुरुङ्ग भन्छन् : म भन्दा कमजोर खेलाडी टिममा पर्दा म किन छुटेँ ?

काठमाडौं, चैत ६ – एशिया कप छनौट फुटबल अन्तर्गत चैत १५ गते फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलका लागि चैत ४ गते २० जना खेलाडीको नाम सार्वजनिक हुँदा धेरैजना अचम्ममा परे ।किन कि नवयुग श्रेष्ठ चोटका कारण टिममा नपरेको धेरैलाई थाहा थियो । तर कप्तान अनिल गुरुङ्ग नै किन टिममा परेनन् भन्ने कुराले नेपाली फुटवल जगतमा अनेक आशंका जन्मिएका छन् । सामाजिक सञ्जालमा पनि राम्रो प्रदर्शन हुँदा हुँदै पनि कुनै खास कारण बिनै अनिल गुरुङ्ग किन टिममा परेनन् भन्ने कुराले प्राथमिकता पाएको छ ।

२० सदस्यी टोलीमा आफ्नो नाम नभटेपछि स्वयम् अनिल गुरुङ्ग नै आश्यर्चचकित छन् । टिमसँगै अभ्यास र प्रशिक्षणमा रहेका उनीसँग टिमको अन्तिम टुंगो लगाउने समयमा कुनै छलफल नै गरिएन । आफू टिममा नपरेको कुरा उनलाई कुनै आफन्तले फोन गरेर सुनाएपछि मात्रै थाहा भएको थियो । ‘मलाइ कुनै आफन्तले फोन गरेर तिम्रो नाम त अन्तिम २० मा रहेनछ भनेपछि मैले बल्ल थाहा पाएँ’ अनिलले उज्यालो अनलाइनसँग भने ‘अन्तिम नामावली टुंगो लगाउने बेलामा मसँग एकपटक पनि छलफल गरिएन, निकै दुख लागेको छ ।’ 

टिममा नपरौंला कि  भन्ने सोच्नसम्म नभ्याएको गुरुङ्गले बताए । ‘अहिलेको टिममा म भन्दा कमजोर केही घाइते खेलाडीलाई पनि राखिएको छ, तर मलाई किन राखिएन’ अनिलले उज्यालो अनलाइनसँग भने ‘म खेल्न नसक्ने भएको भए चित्त बुझ्थ्यो होला तर करियरको पिक समयमा हुँदाहुँदै पनि किन टिममा परिन एकदमै अचम्म लागेको छ ।’

फिलिपिन्ससँगको खेलमा आफ्नो अनुपस्थितिले नेपाली टोलीले पछुताउनु नपरोस भन्ने कामना रहेको पनि गुरुङले बताए । 

अनिल गुरुङ्ग किन टिममा परेनन् भन्ने प्रश्नमा नेपाली टोलीका सहायक प्रशिक्षकले खुलेर बोल्न चाहेनन् । ‘कहिले को पर्छन, कहिले के हुन्छ त्यसमा केहि पनि छैन्, टिम सेट मिलाएका छौं अरु कुरा के गर्नु र’ सहायक प्रशिक्षक शाक्यले उज्यालो अनलाइनसँग भने । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेइमार पिएसजीका मेसी !

    कात्तिक ४ – ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पनि हुने गरेको छ ।

  • भारतमा आजीवन प्रतिबन्ध लागेपछि क्रिकेटर श्रीसन्तले भने : अन्य देशबाट खेल्न सक्छु

    कात्तिक ४ – सन् २०११ को विश्व कप जित्दा भारतीय क्रिकेट टोलीमा एस श्रीसन्त पनि सामेल थिए । स्पट फिक्सिङको मामलामा उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आजीवन प्रतिबन्ध लगाएपछि श्रीसन्थले भारतबाहेक अरु देशबाट खेल्ने सम्भावना रहेको बताएका छन् ।

  • यी पाकिस्तानी क्रिकेटर इतिहास रच्दै सबैभन्दा अगाडि, पछि परे महान हस्ती

    कात्तिक ४ – यो श्रृङ्खलाको तेस्रो खेलमा उनले पाँच विकेट लिएर पाकिस्तानलाई जिताएका थिए । योसँगै २३ वर्षीय हसनले क्रिकेटका महान हस्तीलाई पछि पारेका छन् ।

  • रियल मड्रिडले भन्दा लेस्टर सिटीले बढी रकम पायो

    कात्तिक ४ – लेस्टर सिटीले गएको सिजन च्याम्पियन्स लिग सहभागिताबाट विजेता रियल मड्रिडले भन्दा बढी रकम प्राप्त गरेको छ । च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडले भने क्वाटरफाइनलबाट बाहिरिएको लेस्टर सिटीले बढी रकम पाएको हो ।

  • बार्सिलोनाको आँखा हरेरा र कोन्टिन्होमा, केनले रियल मड्रिड जाने कुरा गरे अस्वीकार

    कात्तिक ४ – स्पेनिस क्लब बार्सिलोनाले आउँदो जनवरीको ट्रान्सफर विन्डामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर एन्डर हरेरालाई क्लब भित्र्याउने प्रयामा रहेको बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ । यो वर्षको अन्त्यसम्ममा नयाँ सम्झौता नभएमा हरेराको युनाइटेडसँगको सम्झौता एक वर्ष मात्रै बाँकी रहनेछ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया