MENU

समाज

Ncell Axiata

सिभिल होम्स सुनाकोठीका बासिन्दालाई प्रवर्द्धकले पानी दिएन

 

काठमाडौं, चैत ६ - ‘अहिले एक छिन पिउन नपाउँदा हामी प्याक प्याक भई सक्यौं, अब त्यती धेरै सोसाइटीका मान्छेले पानी नपाउँदा कस्तो अवस्था हुन्छ होला ?’ सिभिल होम्स् आवसीय समाजकी सदस्य विमला आचार्यले प्रश्न गर्नुभयो ‘के अब हामीले बाँच्न पनि नपाउने ? हामी बरु एक दुई दिन खाना नखाई बाँच्न सकौंला तर पानी नभए एकछिन पनि बाँच्न सक्दैनौं, हामीलाई मार्न खोजिएको हो ?’ शुक्रबार सिभिल होम्स् प्रालिले सुनाकोठीको सिभिल होम्स् आवास क्षेत्रको पानी वितरण हुने ट्याङ्कीमा चाबी लगाईदिएपछि यस्तै प्रश्नको उत्तर खेज्दै सिभिल होम्स् सुनाकोठी आवसका बासिन्दा आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा पुगेका थिए । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन ।

ज्ञापनपत्र बुझाउँदै आवसकै जेसनदेव वैद्य भन्नुभयो ‘यो त मानव अधिकार हननको चरमोत्कर्ष भयो । के अब हामीले शान्तिसँग बस्न नपाउने हो ? आवासको घर किन्ने खर्चले बाहिर दुईवटा घर किन्न सकिन्थ्यो । सुविधाको लागि नै हामीले सिभिल होम्स्लाई रकम बुझाएको हो अनि त्यही सुविधा खोस्न पाईन्छ ? फेरि प्रहरी प्रशासनले त्यस्ता निकायलाई किन साथ दिई रहेको छ ?’

आवासमै बस्दै आएका पत्रकार नारायण वाग्लेले प्रमुख जिल्ला अधिकारीलाई प्रश्न गर्नुभयो ‘अरु ठाउँमा प्रहरीले पीडितलाई संरक्षण गरेको देखेको थिएँ यहाँ त पीडकलाई पो संरक्षण दिईएको छ, प्रहरीको स्कटिङमा आएर आवासको पर्खाल भत्काउन पाईन्छ ?, आवासका बासिन्दाले प्रयोग गर्ने पानीमा ताला लगाउन पाईन्छ ?’ 

उहाँले अघि थप्दै भन्नुभयो ‘प्रशासन मातहतमा रहेको प्रहरी प्रशासनको रोहबरमा एउटा व्यावसायिक कम्पनीले आवास क्षेत्रको खानेपानीमा ताला लगाएको छ, यो ताला तपाईंहरुले खोलिदिनुपर्‍यो, कि त हामी प्याक प्याक भएर बस्नुपर्‍यो कि त हामी आफैं ताला फोड्छौं ।’

सिभिल होम्स् प्रालिले शुक्रबार पानीको ट्याङ्कीमा ताला लगाईदियो तर यो समस्या एक दिनको मात्र होईन । दुई वर्षअघि भौतिक संरचना बनाउन बाँकी हुँदा नै सिभिल होम्स् प्रालिले सिभिल होम्स् आवसीय समाजलाई बनेको मात्र भौतिक संरचना हस्तान्तरण गरेको थियो । जसका कारण त्यतिबेला बन्न बाँकि रहेका संरचना र त्यहाँ भित्रको सार्वजनिक जग्गा तथा भवन प्रालिले आफैं प्रयोग गर्न खोजेको छ । ‘तर व्यापारिक रुपमा यो त अझ फाईदा हुन्छ, यहाँ भित्र भएका सार्वजानिक सम्पत्ति मेरो हो भन्ने हो भने त मैले रकम पाउँछु भन्ने लोभले उसले अहिले आवासका बासिन्दालाई दुःख दिई रहेको छ’ पत्रकार वाग्लेले भन्नुभयो । सिभिल होम्सका कार्यकारी प्रमुख ईच्छाराज तामाङले चोरबुद्धि लगाएर आवस क्षेत्र भित्रका सार्वजनिक सम्पत्तीमा आँखा लगाएको उहाँले आरोप लगाउनुभयो । 

करोडौंको काम बाँकी हुँदा नै काम छाडेर हिडेको सिभिल होम्सलाई राजनीतिक पार्टीको समेत संरक्षण रहेको आवास क्षेत्रका बासिन्दाको आरोप छ । सिभिल होम्स्का कार्यकारी प्रमुख ईच्छाराज तामाङ नेकपा एमालेका तर्फबाट सांसद हुनुहुन्छ । ‘ईच्छाराज तामाङ र सिभिल होम्स्लाई नेकपा एमालेले संरक्षण दिएको छ’ जयदेव वैद्यले भन्नुभयो ‘राजनीतिक संरक्षणमा जसले जे गर्दिदा पनि हुने हो ?’ वैद्यलाई सिभिल होम्स्का सरसामान चोरेको आरोपमा सिभिल होम्स्ले मुद्दा लगाएको छ । उहाँका साथै उहाँका छोरा सिभिल होम्स आवसीय समाजका पदाधिकारी तथा पूर्व पदाधिकारीलाई चोरीको आरोपमा मुद्दा लगाएको वैद्यले बताउनुभयो ।‘प्रहरी हाम्रो कुरा सुन्नै चाहँदैन, पहिले थुन्ने अनि तपाईंहरुको कुरा सुन्ने भन्छन्’ उहाँले प्रश्न गर्नुभयो ‘हाम्रो कुरा सुन्ने निकायले नै हामीमाथि थप पीडा दिन्छ भने हामी न्यायका लागि कहाँ जाने ?’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सिभिल होम्स् आवसीय क्षेत्र भित्र रहेका अन्य विषयमा विस्तारै कुरा गर्दै जाने  र पानीको विषयमा भने तत्काल निर्णय गर्ने बताउनुभयो । ‘मानिसले पानी नै खान नपाउने भनेको सामान्य कुरा होईन, अप्ठ्यारो अवस्थामा त गाडी तथा हेलिकप्टरबाट पानी दिईन्छ भने प्रयोग भई रहेको पानी बन्द गर्नु राम्रो होईन’ उहाँले भन्नुभयो । दैनिक प्रयोग हुनेकुरामा बाधा पुग्ने गरी बन्देज गर्न नहुने उहाँले बताउनुभयो । 

शुक्रबार सिभिल होम्स्को सुनाकोठी आवसीय क्षेत्रमा प्रहरीसहित पुगेका ओमकृष्ण महर्जनको टोलीले अराजक रुपमा पर्खाल भत्काएर सामुदायिक भवन तथा खानेपानी प्रशोधन केन्द्रमा ताला लगाएको आवास क्षेत्रका वैद्यले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायसँगको मिटिङ पछि पानीको ताला खोल्ने विषयमा कुरा गर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया