MENU

विज्ञान प्रविधि

USAID

सगुनको मिनी आइपिओ के हो ?

काठमाडौं, चैत ७ – सामाजिक सञ्जाल सगुन डटकमको मिनी आइपिओ खुल्ला भएको झण्डै डेढ महिना भएको छ । सगुन डटकमले गएको माघ २७ गते मिनी आइपिओ खुल्ला गरेको थियो । 

सामाजिक सञ्जाल सगनु डटकम विदेशमा मिनी आइपिओ खोल्ने नेपालीले खोलेको पहिलोे कम्पनी भएको सगुन डटकमले जनाएको छ । अमेरिकी जब्स एक्ट २०१२ अनुसार मिनी आइपिओ खोल्ने अनुमति पाएसँगै सगुनले केही महिना पहिला शेयर खरिद गर्न चाहनेले इच्छा जाहेर गर्न सक्ने जनाएको थियो । 

फेसबुक ट्वीटर जस्तै सामाजिक सञ्जालका रुपमा परिचित सगुनका अहिलेसम्म चार लाख २५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । नेपाली युवा गोविन्द गिरीले निर्माण गरेको अमेरिकी कम्पनी सगुन सन् २००९ मा सर्च इञ्जिनका रुपमा स्थापित भएको थियो ।

१२ वर्ष पेन्टागनमा सूचना प्रविधि पेशाकर्मीको रुपमा काम गरेका गिरीले सगुनलाई सामाजिक सञ्जालका रुपमा स्थापित गरेपछि सन् २०१५ को नोभेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन डट कमको औपचारिक सुरुवात गर्नुभएको थियो । युवा माझ सगुन लोकप्रिय बन्दै गएको छ ।

सगुनको मिनी आइपिओ के हो त ? यसबारेमा सगुनको यो भिडियो हेरेर जानकारी पाउन सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया