MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

मौरीपालनबाट मनग्य आम्दानी ‘छाना, माना र नानाका लागि विदेशीनु पर्दैन’

श्यामशितल परियार/उज्यालो ।    

लमजुङ, चैत्र ७  –  मनमा जोश, जाँगर र आँट लिई आफ्नै देशको माटोमा श्रम पसिना बगाउन सके पैसाका लागि परदेश जानु पर्दैन भन्ने उदाहरणको रुपमा लिन सकिन्छ, लमजुङका केही युवा व्यवसायिक किसानलाई । उनीहरु विदेश नगई स्वदेशमै बसी मौरीपालन व्यवसायमा रम्दै मनग्य कमाउँदै आएका छन् । दश वर्षअघि लमजुङ बेसीशहर नगरपालिका–२, दलालका शिववहादुर पाण्डेलाई परिवारको गुजारा चलाउन समेत धौ धौ थियो । तर उहाँ पैसाकै लागि विदेश जानु भएन । आफ्नै लगानीमा सुरु गर्नुभयो, मौरीपालन व्यावसाय । ३ वटा मौरीको घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसायले अहिले गति लिएको छ । मौरीपालनबाटै वार्षिक लाखौँ कमाउन सफल भएको उहाँ बताउनुहुन्छ ।  ‘व्यावसायबाट वार्षिक २२÷२५ लाख कमाई भएको छ,’ उहाँले भन्नुभयो ।

शिवबहादुर पाण्डेले अहिले एक सय ४० बढि घारमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँ लमजुङकै प्रख्यात मौरीपालक कृषकको रुपमा परिचित हुनुहुन्छ ।    

उकासियो जीवन

मौरीपालन व्यावसायमा लागेपछि आफ्नो जीवन नै उकासिएको लमजुङ सुन्दरबजार–९, गहेतका अर्का युवा मौरीपालक किसान ललित गुरुङ बताउनुहुन्छ । पढ्न/लेख्न धेरै नसकेपनि मौरीपालन व्यवसायमा लागेपछि राम्रो कमाई भएको उहाँको भनाई छ । उहाँले ४२ घारमा एप्पीसेरेना जातको मौरी पाल्नुभएको छ । ‘मह बिक्रीबाट वार्षिक ६ लाख आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो । ‘विदेश जाने सोच भएपनि विदेश गईएन, स्वदेशमै उद्यम गरियो,’ उहाँले भन्नुभयो, ‘देशमै उद्यम गर्न सके छाना, माना र नानाको जोहो गर्न विदेश जानु पर्दैन ।’    

त्यस्तै, गहतेकै बिक्रम गुरुङ पनि बेल्जियम छोडी गाउँमै फर्की मौरीपालन व्यवसायमा रम्नुभएको छ । उहाँले ३५ वटा आधुनिक घारमा मौरी पाल्नुभएको छ । घारमा सेरेना जातका मौरी छन् । उहाँले मह बिक्रीबाटै वार्षिक ७÷८ लाख कमाउनुहुन्छ । उहाँले यस व्यवसायमा १७ वर्ष भन्दा बढि समय व्यतित गर्नुभएको छ । आधुनिक प्रविधिको उपयोग गरी उहाँले मौरी पाल्नुभएको छ । किसानका अनुसार लमजुङमा उत्पादित मह काठमाडौँ, पोखरा, गोरखा लगायतका ठाउँमा पुग्ने गर्दछन् ।

मौरीपालनको उच्च सम्भावना       

मौरीपालन व्यवसायमा लाग्दै गर्दा विभिन्न समस्याहरु आफुहरुले झेल्नुपरेको किसान बताउँछन् । अरिंगाल र विभिन्न प्रकारका चराचुरुङ्गीले सताउने गरेको कास्की मिजुरेकी मौरीपालक किसान बिमला अधिकारीले बताउनुभयो । नेपालमा मौरीपालनको निकै सम्भावना रहेको जानकारहरु बताउँछन् । नेपालमा उत्पादित महमा औषधीय गुण रहेको मौरीपालनका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका चितवन भरतपुरका लेखनाथ अधिकारीले बताउनुभयो ।

गुणस्तरमा ध्यान दिनु जरुरी    

मौरीपालन व्यावसायबाट मनग्य कमाउन सकिने किसान बताउँछन् । आवश्यक ज्ञान, सीप लिएर मात्रै मौरीपालन व्यवसायमा प्रवेश गर्नुपर्नेमा लमजुङ भार्तेका मौरीपालक किसान प्रेमबहादुर अधिकारीले जोड दिनुभयो । ‘मौरीपालनका लागि चरण अतिआवश्यक छ,’ उहाँले भन्नुभयो । किसानका अनुसार उत्पादित महले राम्रै बजार पाएको छ । उत्पादित महको गुणस्तरमा ध्यान सके उत्पादित मह विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने कृषि तालिम निर्देशानालयका तालिम निर्देशक रेवतीरमण पौडेलले बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मान्छे मार्ने गैँडा र बाख्रा खाने चितुवा जेलमा

    मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो । तर वन्यजन्तुले गल्ती गरेपछि जेल सजाय भोग्नु परेको कमै मात्र सुन्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छे मारेको गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले सजाय स्वरुप थुनामा जेल जीवन बिताउनु परेको छ ।

  • देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

    काठमाडौं, वैशाख १७ – आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २÷३ बज...

  • त्रिशूली नदीको दोहन रोकिएन

    धादिङ, वैशाख १३ – त्रिशूली नदीको दोहन बढ्दै गरेको छ । सरकारी निकायको ध्यान चुनावतिर गएको बेला त्रिशूलीको दोहन बढेको हो । गल्छी गाउँपालिकाको जिन्टे बगर रातभरि डोजर चल्छ ।

  • ​जुम्लामा माटो परीक्षण शिविर

    जुम्ला, वैशाख ११ – जुम्लामा माटो परक्षिण शिविर सुरु भएको छ । जुम्लाका स्याउ बगैंचा र स्याउ रोप्न लागेका ठाउँको माटो परीक्षण गर्न लागिएको हो ।

  • अर्ग्यानिक चियाको बजारिकरणमा समस्या

    इलाम, वैशाख ११ – इलाममा अर्ग्यानिक चिया उत्पादन वृद्धि भएको छ । अर्ग्यानिक चिया हेर्दा आकर्षित नदेखिनाले निकासीलाई भने समस्या हुन थालेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया