MENU

समाज

USAID

छोरीको हत्याले विक्षिप्त भएकी डिल्लीमाया भन्छिन्–मैले न्याय पाइँन

दीपक भट्ट/उज्यालो ।

रामेछाप, चैत ७ – रामेछापको सैपु–१ सिसन्धुकी डिल्लीमाया तामाङ्गको आँखा ओभानो नभएको पाँच वर्ष बितिसक्यो । उहाँकी छोरीको पाँच वर्षअघि हत्या भएको हो । हत्या भएको पाँच वर्ष भएपनि स्थानीय प्रशासनले अझैसम्म अपराधी पक्राउ गर्न सकेको छैन । डिल्लीमाया अझै पनि छोरीको सम्झनामा टोलाउनु हुन्छ । त्यो भन्दा ठूलो पीडा छोरीका हत्यारा पक्राउ नपर्नु बनेको छ उहाँका लागि । २०६९ सालमा स्थानीय सिरेसे बजारबाट साथीसँगै घर फर्किदै गरेकी उहाँकी कान्छी छोरी १३ वर्षकी सुन्तली तामाङ्ग हत्या भएको थियो । सुन्तलीको शव लिखु नदीको किनारमा भेटिएको थियो । 

डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा स्थानीय श्याम राउत र हरि राउत विरुद्ध किटानी जाहेरी दिनुभयो । तर जिल्ला प्रहरी कार्यालय रामेछापका तत्कालीन प्रहरी नायव उपरीक्षक सञ्जीव शर्मा दासले डिल्लीमायाको जाहेरीलाई दर्ता गर्न अस्वीकार गरेपछि डिल्लीमाया थप विक्षिप्त हुनुभयो । प्रहरीमा किटानी जाहेरी हालेपछि डिल्लीमाया र उहाँको परिवारलाई रातदिन आउने गरेको धम्कीले गाउँमा बस्ने वातावरण रहेन । किटानी जाहेरी गरेका व्यक्तिहरुबाटै रातदिन धम्की आउन थालेपछि परिवार सबैलाई मार्नेसम्मको धम्की आउन थाल्यो ।

त्यसपछि डिल्लीमायाले परिवारसहित सिन्धुलीको माइखोलामा गएर गिट्टी कुटेर गुजारा चलाएको तितो अनुभव सुनाउनुभयो । रामेछापका अहिलेका प्रहरी प्रमुख कुमोद ढुंगेलले यसअघि जेजस्तो भएपनि अब अपराधी पक्राउ गरी न्याय दिने भनेकाले उहाँलाई भेट्न डिल्लीमाया आइतबार सदरमुकाम मन्थली पुग्नुभयो । तर उहाँलाई अब पनि न्याय पाउँदिनकी भन्ने शंका भने छ । उहाँका अहिले श्रीमान, दुई छोरा र चार छोरी छन् । पाँच छोरीमध्ये कान्छी छोरी सुन्तलीको हत्या भएको र आवश्यक राहात पाउनु दिनुपर्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपाल सरकारलाई सिफारिस गरेको थियो । डिल्लीमायाले सरकारका तर्फबाट आर्थिक सहयोग पनि पाउनुभएको छ ।

तर छोरीका हत्याराले अझै सजाय पाएका छैनन्, यसले उहाँको मन कुँडिन्छ । प्रहरीले अहिलेसम्म पनि अपराधीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन नसकेको गुनासो डिल्लीमायाको छ । प्रहरी प्रमुख ढुंगेलसँगको भेटपछि अपराधीलाई कारवाही हुनेमा केही आशावादी भने रहेको उहाँले बताउनुभएको छ । छोरीका लागि न्याय खोज्दा गाउँबाटै विस्थापित भएको डिल्लीमायाको परिवार अहिले टहरामा बस्दै आएको छ । 

यसबारेमा रामेछापका प्रहरी प्रमुख कुमोद ढुंगेलले पनि आफु जिल्लामा आएपछि पटक–पटक डिल्लीमाया न्यायको लागि कार्यालयमा आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले घटनालाई गम्भीर रुपमा लिएको छु । म रामेछापमा हुँदै डिल्लीमायालाई न्याय दिलाउने जिम्मा मेरो हो । काम भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया